बेनी नगरपालिका
युनियन लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी
विकल्प न्यूज/बेनी कार्तिक १७ गते । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार म्याग्दीका एक विमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा प्रवासमा ज्यान गुमाएका बेनपा १ रत्नेचौर सालधारीका राजु किसानका परिवारलाई बिमा वापतको १३ लाख ३८ हजार ६२ रुपैयाँ हस्तान्तरण गरिएको हो । चार महिनाअघि दिवंगत भएका राजुले बिदेश जाने क्रममा […]
सुआहारा कार्यक्रमको समीक्षा तथा सरोकारवालाबीच छलफल
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, कात्तिक १३ । म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको मङ्गलबार सदरमुकाम बेनीमा समीक्षा तथा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । मिलन म्याग्दीको साझेदारीमा सञ्चालनमा रहेको सुआहारा कार्यक्रमको गत वर्षको समीक्षा गर्नुका साथै चालु वर्षको कार्यक्रमका विषयमा अन्तत्र्रिmया गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको […]
स्वर्गीय पौडेलको जिवनगाथा ‘स्मृतिग्रन्थ’ बिमोचन
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीका अग्रज कवि तथा पण्डित स्व. प्रेमप्रकास पौडेलको बार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्वर्गीय पौडेलको जिवनगाथालाई समेटेर उनका छोराहरु गोविन्द, मनोज र ठाकुर पौडेलको घरपरिवारले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गर्नुभएको हो । स्वर्गीय पौडेलको प्रथम पृति कार्यको दिनमा बुधवार स्मृतिग्रन्थको बेनी स्थित कुरिलाखर्कमा आयोजित एक कार्यक्रममा हिन्दु […]
स्वर्गाश्रमको विकासमा स्थानीयको सक्रियता
विकल्प न्यूज/बेनी कार्तिक ७ गते । बेनी नगरपालिकाको भकिम्ली–३ मा अवस्थित स्वर्गाश्रम पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीयहरुले चासो देखाएका छन् । प्रचारप्रसारको कमिले अझेलमा परेको स्वार्गाश्रमलाई प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा स्थानीयहरु जुट्न थालेका छन् । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको वडा अध्यक्ष […]
बागलुङ र म्याग्दीको मैत्रीपूर्ण भेला, ७ बुँदे स्वर्गाश्रम घोषणा पत्र जारी
विकल्प न्यूज/बेनी कार्तिक ७ गते । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका बासिन्दाको संयुक्त भेलाले ७ बुँदे स्वर्गाश्रम घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा दुवै जिल्ला जोड्ने मोटरबाटो निर्माण गर्न दुवै तर्फको प्रतिनिधित्व हुने गरि सडक तथा पर्यटन विकासका लागि समन्वय र उपयुक्त बातावरण तयार गर्न समिति गठन […]
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज ३० गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भिœयाएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र […]
शिक्षा, स्वास्थ्य तथा रोजगारलाई प्राथमिकता ः मन्त्री पुन
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २९ गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले राज्यले शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताइन् । सोमबार म्याग्दी जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले शिक्षा, स्वास्थ्यका साथै रोजगारलाई उच्च प्राथमिकता दिइएको बताएकी हुन् । मन्त्री पुनले राज्यले शिक्षा, स्वास्थ्य र युवा रोजगारका […]
नेकपा म्याग्दीद्वारा चियापान कार्यक्रमको आयोजना
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २९ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । पार्टी एकताको ऐतिहासिक सन्दर्भको अवसरमा विजयादशमी तथा शुभदिपावली र छठपर्वको शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले प्राकृतिक […]
म्याग्दी उद्दार समिति बहराइनद्धारा पत्रकार गौतम सम्मानीत
विकल्प न्यूज/बेनी असोज २८ गते ।रोजगारीको शिलशिलामा बहराइनमा पुगेका प्रवासी म्याग्देलीहरुले गठन गरेको संस्था म्याग्दी उद्दार समिति बहराइनद्धारा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम सम्मानित हुनुभएको छ । आइतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार गौतमलाई संस्थाका अध्यक्ष लोक राम्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले नगद ११ हजार एकसय १५ रुपियाँ सहित दोसल्ला […]
बेनी अस्पतालका अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण
विकल्प न्यूज/बेनी असोज २६ गते ।बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय गरेर अस्पतालको सेवालाई गुणस्तरीय […]
म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन
विकल्प न्यूज/बेनी असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर […]
सामुदायिकमा दशैं–तिहार विशेष कार्यक्रम
विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा मङ्गलबार दशैं–तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँचदिने खेलकुद कार्यक्रम तथा प्रथम चौमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि स्थानीय […]
ट्रेड युनियनको शुभकामना आदान प्रदान कार्यक्रम
विकल्प न्यूज/बेनी असोज २४ गते । नेपाल ट्रेड युनियन स्वतन्त्र काँग्रेस जिल्ला शाखा म्याग्दीले दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधवार बेनीमा बिजयदशमी तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कमल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस […]
६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम
विकल्प न्यूज/बेनी असोज २४ गते । ६३ औं प्रहरी दिवसका अवसरमा बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस अन्तर्गत रहेको रक्त सञ्चार केन्द्र र बेनी अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको प्रमुख जिल्ला लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको हो । प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढा मगर सहित […]
डिम्ब आधारभूत विद्यालयमा विविध कार्यक्रम
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २४ ।म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला, प्रथम त्रैमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विकासको मूल आधार शिक्षा भएको हुँदा शैक्षिक क्षेत्रको […]