स्वर्गीय पौडेलको जिवनगाथा ‘स्मृतिग्रन्थ’ बिमोचन

विकल्प न्यूज/बेनी
कार्तिक ८ गते ।

????????????????????????????????????

म्याग्दीका अग्रज कवि तथा पण्डित स्व. प्रेमप्रकास पौडेलको बार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्वर्गीय पौडेलको जिवनगाथालाई समेटेर उनका छोराहरु गोविन्द, मनोज र ठाकुर पौडेलको घरपरिवारले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गर्नुभएको हो ।

स्वर्गीय पौडेलको प्रथम पृति कार्यको दिनमा बुधवार स्मृतिग्रन्थको बेनी स्थित कुरिलाखर्कमा आयोजित एक कार्यक्रममा हिन्दु धर्मका अभियान्ता धर्मगुरु किसोर गौतमले बिमोचन गर्नुभएको हो ।
स्मृतिग्रन्धमा पौडेलले साहित्य, राजनिती, धार्मिक , शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानलाई उजागर गरिएको छ ।
स्मारिका बिमोचन गर्दै धर्मगुरु गौतमले स्वर्गीय पौडेलसंग संगसंगै सहयात्रा गरेको र उहाँको समाजप्रतिको योगदान अतुलनीय रहेको स्मरण गर्दै आध्यात्मले प्रगती र खुसी प्राप्ती हुने बताउँनुभयो ।

समाजप्रति स्वर्गाीय पौडेलले पु¥याउनुभएको योगदान र समर्पणलाई लिपिबद्ध गर्ने उदेश्यले उहाँलाई नजीकबाट बुझ्ने व्यक्तिहरुबाट लिखित सामाग्रीहरुलाई समेटेर स्मृतिग्रन्ध प्रकाशन गरिएको उहाँका छोरा गोविन्द पौडेलले बतानउनुभयो ।
बेनी नगरपालिका–५ ढाँणपानीमा विस १९९७ मा जन्मीएर २०७४ असोज १८ गते स्वर्गारोहण हुनुभएका पौडेलले सपना र मातृभुमी खण्ड काब्य, चन्द्रे शोककाब्य पुस्तक प्रकाशन गर्नुभएको थियो भने शिक्षण पेशामा ४३ बर्षसम्म विताउनुभएको थियो ।

स्वर्गीय पौडेलकी धर्मपत्नी यशोदा पौडेलको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा पूर्व सभासद नवराज पौडेल, प्रदेश सभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो भने रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा हरि सुवेदीले समिक्षा गर्नुभएको थियो ।