ट्रेड युनियनको शुभकामना आदान प्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी
असोज २४ गते ।  DSC_0387नेपाल ट्रेड युनियन स्वतन्त्र काँग्रेस जिल्ला शाखा म्याग्दीले दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधवार बेनीमा बिजयदशमी तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

 नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कमल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्वुजाले नेता तथा कार्यकर्ताहरुलाई इमान्दारिताका साथ काम गर्न अनुरोध गर्नुभयो । उहाँले दसैलाई सभ्य तरिकाले मनाउनुका साथै कम खर्चिलो बनाउनका लागि कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।DSC_0385कार्यक्रममा उपस्थित भएका नेपाली कांग्रेसका सदस्य भातृसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । नेपाल ट्रेड युनियन म्याग्दीका उपाध्यक्ष नवराज पौडेलको स्वागत सचिव बोधहरी सुबेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा नेपाल शिक्षक संघ म्याग्दीका तिन जनालाई सम्मान समेत गरिएको थियो ।