ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
असोज ३० गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भिœयाएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो ।सदरमुकाम बेनीको बेनी कोत मन्दिर, ज्यामरुककोत, भगवती, ताकम लगायतका ठाउँमा रहेका कोतघरहरुमा शास्त्रीय बिधि अनुसार शक्तिको आरधनाका साथ पूजा गरेर फुलपाती भिœयाइएको जनाइएको छ ।बेनी स्थित कोतमन्दिरमा नेपाली सेनाको श्रीबक्स गुल्मका सैनीकहरुले ल्याएको फुलपातीलाई बजागाजा सहित बजार परिक्रमा गराई भिœयाइएको थियो । संगमचोकमा पुजाआजा गरिनुका साथै फुलपाती भिœयाउने बेलामा सेना र प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए । विधि अनुसार पुजा आजा गरेर फुलपाती भिœयाईएको बेनी कोत मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष पदम वहादुर खत्रीले बताउनुभयो । फुलपातीलाई बजार परिक्रमा गर्ने क्रममा नेवारी समुदायका युवायुवतीहरुले धिमे र वासुरी बाजा बजाएका थिए ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपाती भिœयाएपछि बढेको छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा शनिबार कालरात्रिको विशेष पूजा गरिन्छ ।
फुलपातीका दिनदेखि सरकारी कार्यालय बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र भएको छ । सहरी क्षेत्र सुनसान बन्न थालेका छन् । ग्रामीण भेगमा दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङ हाल्न थालीएसंगै दसैँको रौनकता छाएको छ ।