युनियन लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी

विकल्प न्यूज/बेनी
कार्तिक १७ गते । 45374119_1764662640328212_1892464020565262336_n (1)युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार म्याग्दीका एक विमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा प्रवासमा ज्यान गुमाएका बेनपा १ रत्नेचौर सालधारीका राजु किसानका परिवारलाई बिमा वापतको १३ लाख ३८ हजार ६२ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

चार महिनाअघि दिवंगत भएका राजुले बिदेश जाने क्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा बैदेशिक रोजगार म्यादी बिमा गर्नुभएको थियो । दश लाख बिमाङ्क दावी, किरीया खर्च वापत एक लाख, शव ल्याउँदाको खर्च वापत एक लाख, आय नोक्सानी वापत दुई लाख रुपैयामा सिमित भुक्तानी सर्वाधिक बीमा वापतको ६१ ह्जार ३७ रुपैयाँ कटाएर बाँकी रकम हस्तान्तरण गरिएको हो ।

राजुकी श्रीमती सन्ध्या सार्की किसानलाई वडा अध्यक्ष टेकबहादुर रावल, वडा सदस्य टेकबहादुर थापा, कम्पनीका म्याग्दी शाखाका प्रमुख सुजन बरुवाल, सुदिप मल्ल लगायतले चेक हस्तान्तरण गर्नुभएको थियो । वडा अध्यक्ष रावलले बिमाले क्षतिको हानी न्युनीकरण गर्ने बताउदै पाएको रकम मृतकको छोराको भविश्यका लागि सहयोग पुग्ने गरी बचत तथा परिचालन गर्न परिवारलाई सुझाव दिनुभयो ।
कम्पनीका शाखा प्रमुख बरुवालले बिमा गरेमा दावी रकम भुक्तानी पाईन्छ भन्ने सन्देश प्रवाह गराउन आवश्यक रहेको बताउनुभयो । सम्झौता अनुसार मृतकको घरमै पुगेर दावी रकम हस्तान्तरण गरिएको अभिकर्ता सुदिप मल्लले बताउनुभयो ।