म्याग्दी समाचार

आमाको ४५ औं दिनको पुण्यतीथीमा अस्पताललाई सहयोग

धिरन खत्री/बेनी फागुन ३० गते । रघुगंगा गाउँपालिका २ सिजलगाउँका हाल सदरमुकाम बेनी बस्दै आएका राजु भण्डारीको परिवारले स्वर्गीय आमाको ४५ आंै दिनको पुण्यतीथिमा जिल्ला अस्पतालमा विभिन्न उपकरण सहयोग गर्नुभएको छ । स्वर्गीय आमा चन्द्रकुमारी भण्डारीको सम्झनामा परिवारले अस्पतालमा अक्सिजन सिलिण्डर, नेवुलाईजर मेसिन र अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरेका हुन् । स्वर्गिय आमो सम्झनामा […]

यस्तो छ स्थानीय तहका जनप्रतिनिधिको दश महिना

सन्तोष गौतम/विकल्प न्यूज फागुन ३० गते । सिंहदरबारको अधिकार गाउँ नगरमा आएको भनेर प्रचार गरिए जस्तो म्याग्दीका स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न सकेका छैनन् । स्थानीय तह गठन भएको लामो समय वितिसक्दा पनि जनप्रतिनिधिहरुले आशा लाग्दा योजनाहरु अगाडि सार्न सकेका छैनन् । गत बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले चुनावमा गरेका […]

कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माण कार्य तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ३० गते ।  निर्माणधिन कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको निर्माण कार्य तिव्र पारिएको छ । २२० केभी क्षमताको दाना देखि कुर्खोट सम्म आयोजनाको निर्माण कार्य धमाधम भइरहेको हो । म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म विस्तार गरिने २२० केभी क्षमताको प्रसारण लाइनका लागि टावर र सव–स्टेसन निर्माण गर्ने कार्य तिव्रगतिमा अगाडि […]

चौरखानीमा सामुदायिक भवन

विकल्प न्यूज/बेनी फागुन २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा सम्मेलनका लागि समेत […]

कोरिया छाडेर गाउँमै कृषि फार्म

सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा एक युवाले चौबिस लाख रुपैयाँ लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । ३६ वर्षिय भवीन्द्र पाईजाले आर्सीवाद कृषी फार्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन र च्याउ खेती सुरु गर्नुभएको हो । फार्म सञ्चालनका लागि बाख्रा खरिद र पूर्वाधार निर्माण गर्न […]

आहा सडक यस्तो पो ! झिँ–पाखापानी सडक दुइ लेनको

सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते ।  झिँमा सडकमा सोलीङ गर्दै स्थानीयबासीन्दा । तस्विर नवविकल्प झिँ म्याग्दीको रघुगंगा गाउँपालिकाको झि–पाखापानी सडकलाई दुइ लेनको बनाउने काम सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानी जोड्ने सडकलाई दश मिटर फराकीलो बनाउन लागेको हो । झिँ […]

माइतीका दुई पाठापाठीले विष्णुलाई बनायो लखपति

सन्तोष गौतम /विकल्प न्यूज विकल्प न्यूज/बेनी फागुन २९ गते । दुईचार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका ६ कुटमुनीकी बिष्णु खड्का दंङ्ग पर्नुभएको छ । दशक अघि माइतीबाट दुई वटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुई देखि तिन लाख सम्म आम्दानी गर्नुहुन्छ […]

असिनाले खेतीबालीमा क्षती

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षती पु¥याएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, जौ, […]

प्रगति निराशाजनक ः नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको सर्वेक्षण, २१४ […]

नगरसभामा जनप्रतिनिधि र कर्मचारीको जुहारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालिकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालिकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक प्रस्तुत […]

लक्ष्य अघिनै निर्माण भएको राखु भगवती स्वास्थ्य चौकीको भवन हस्तान्तरण

धिरन खत्री /विकल्प न्यूज भगवती २८माघ ।  म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाँको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधि भण्डारण, […]

लाम्गादेका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । क्यान्सरबाट थलीएर उपचारको क्रममा दिवंगत भएको मंगला गाउँपालिका १ कुहुँका दुर्गाबहादुर लाम्गादेका परिवारलाई कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालिका ६ दरवाङ घर भई हाल दक्षिण कोरीयामा रहनुभएका किसान सेन विश्वकर्माको पहलमा पचास हजार रुपैया सहयोग प्राप्त भएको लाम्गादेका ज्वाई अमृत नेपालीले बताउनुभयो । कोरियाबाट विश्वकर्माले […]

म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समिति चयन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ फागुन ।  म्याग्दी बहुमुखी क्याम्पसको आईतबार बेनीमा सम्पन्न दसौ अधिवेशनबाट बालकृष्ण सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा सञ्चालक समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा सोमनाथ ढुङ्गाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, सदस्यहरुमा माधवप्रसाद रेग्मी, अजयमिलन श्रेष्ठ, दिपक श्रेष्ठ, राजकुमार थापा, दिपक बिखर्ची, हेमराज शर्मा, कृष्ण थापा, चिरञ्जिवी बोगटी र शेरबहादुर केसी चयन हुनुभएको […]

करबाकेलीमा सामुदायिक होटल

विकल्प न्यूज/बेनी करबाकेली,फागुन २७ गते । करबाकेलीमा खोलीएको सामुदायिक होटल । ठाकुरप्रसाद आचार्य/नवविकल्प  अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले प्रशिद्ध धार्मिक स्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई खान र वस्नको सुविधा दिनका लागि सामुदायिक होटल खोलेका हुन । करबाकेली बाबा संरक्षण समितिको व्यवस्थापनमा सुबिधासम्पन्न होटल सञ्चालन […]

म्याग्दी बहुमुखी क्याम्पसको अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशन शनिबार सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले जिल्लाको उच्च शिक्षाको अग्रणी संस्था म्याग्दी क्याम्पसको स्तरउन्नतीसंगै शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार […]