ताजा समाचार:
Search

म्याग्दीमा टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ असार ।IMG_2610जिल्ला प्रहरी कार्यालयले अपराध, बिकृती, दुब्र्यसनी, दुर्घटना न्युनीकरणका लागि समुदायसंग सहकार्य गर्ने उद्देश्यले टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

केन्द्रिय कार्यक्रम अन्तरगत प्रहरीको बस्ती स्तरमा पहुँच र उपस्थिती बढाएर विश्वास बढाई बिचौलीया निरुत्साहीत गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले टोल टोलमा पुग्न लागिएको प्रनाउ बिरबहादुर बुढाले शुक्रबार बेनीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि, सामुदायीक प्रहरी, आमा समूह, युवा कल्व आदी सामाजिक संघ संस्थासंग समन्वय गरेर कानुन कार्यान्वयन र अपराध न्युनीकरणमा समुदाय र प्रहरीबीच सहकार्यको आवश्यकताको बारेमा छलफल तथा चेतनामुलक कार्यक्रम गरिने प्रनाउ बुढाले बताउनुभयो । DPO myagdiअसार महिनाभर सञ्चालन हुने कार्यक्रम सञ्चालनको समन्वयका लागि प्रहरी निरिक्षक दिपक महतको संयोजकत्वमा एक टोली गठन भएको छ । एक फरक प्रशंगमा प्रनाउ बुढाले प्रहरीले अनुसन्धान गर्ने मुद्दालाई बलीयो बनाउन सरकार बाढी फौजदारी मुद्दाका साँछmीलाई भत्ताको व्यवस्था भएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रजिअ लिलाधर अधिकारीले सरकारले ढिलासुस्ती, विकृती, बिसंगती, बेतिथीलाई न्युनीकरण गरी शुसासन र कानुनी राज्यको स्थापनाका लागि कडाईका साथ काम गरिरहेको बताउदै त्यो अभियानमा सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।