ताजा समाचार:
Search

मल्लाजमा ज्येष्ठ नागरिकलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
मल्लाज ३१ जेठ ।  IMG_4564पर्वतको जलजला गाउँपालिका ३ का ८० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई बिहीबार सम्मान गरिएको छ । गाउँपालिका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना ज्येष्ठ नागरिकहरुलाई नगद एक हजार रुपैयाँ सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालिकाले ७५ हजार रुपैयाँ बिनियोजन गरेको थियो ।
ज्येष्ठ नागरिकले समाजमा पुराएको योगदानको कदर गर्दै उनिहरुलाई सम्मानपूर्वक रुपमा जिवनयापन गर्न सहयोग गर्नुपर्ने सन्देश प्रवाह गराउन कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले ज्ञान र सीपका भण्डार ज्येष्ठ नागरिकको अनुभव समाज र देशको हितका लागि उपयोग गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । IMG_4559३ नम्बर वडाका अध्यक्ष भण्डारीले आफ्नो सुबिधाका लागि मोटरसाईकल खरिदका लागि बिनियोजन भएको बजेट समेत सर्वसाधारणको घरघरमा खानेपानी सुबिधा विस्तारका लागि उपलब्ध गराएर उदाहरणीय काम गरेको अधिकृत गौतमले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले शुसासन र विकासको हिसाबले वडालाई नमुना बनाउने बताउनुभयो । सबैलाई समान र सहज हिसावले सेवा प्रवाह तथा पारदर्शी र प्रभावकारी रुपमा विकास निर्माणलाई अघि बढाउने प्रतिवद्धता जनाउदै अध्यक्ष भण्डारीले सकारात्मक काममा सहयोग र कमजोरी हुँदा रचनात्मक खबरदारीको आवश्यकता पर्ने बताउनुभयो ।

नेकपाका नेता कृष्णबहादुर खत्रीले सेवा प्रवाहमा बिभेद नगर्न र विकास निर्माणमा जनसहभागीता तथा सहकार्य गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । वडा सदस्य शशी शर्मा आचार्यको स्वागत र सचिव मिनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्का वडा सदस्य चन्द्रबहादुर क्षेत्रीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।