ताजा समाचार:
Search

ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

गोपाल आचार्य/विकल्प
ताकम १ असार ।Takam Mandir (4) धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष कलानिधी सुवेदी लगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थिती रहेको कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । आमा समूहले चन्दा सहयोग जुटाएर धार्मीक स्थलको संरक्षण गर्ने उद्देश्यले मन्दिरको निर्माण गरेका हुन् ।