ताजा समाचार:
Search

फरार प्रतिवादी पक्राउ

विकल्प न्यूज/बेनी
बेनी ३१ जेठ । Partibadiचोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका एक जना व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीले रहजनी चोरी मुद्दामा ४ वर्ष १० महिना १० दिन कैद सजायको फैसला सुनाइएका बेनपा ५ का २१ वर्षिय विपीन खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई कारबाही पक्रिया अघि बढाउन जिल्ला अदालतमा बुझाएको प्रहरी निरिक्षक दिपक महतले जानकारी दिनुभयो ।