ताजा समाचार:
Search

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

विकल्प न्यूज/बेनी
असार १ गते ।   IMG_7867 पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष एवं नेकपाका सदस्य हरिकृष्ण श्रेष्ठले सरकारले चुनावी घोषणापत्र र प्रतिबद्धता अनुसार नै बजेट, नीति तथा कार्यक्रम ल्याएको बताए । उनले तत्कालका लागि ज्येष्ठनागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षाभत्ता वृद्धि नगरे पनि सरकारले वृद्धवृद्धालाई लक्षित गर्दै एकलाख रुपैयाँको स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताएका छन् । IMG_7885उनले पाँचपाँच जनाको सुझाव कमिटी गठन गरेर पार्टीको वैठक तथा कामहरु गरिएको जानकारी गराउँदै म्याग्दी जिल्लाका लागि ९५ सदस्यीय जिल्ला कमिटी बनाउन सुझाव पठाइएको बताए । उनले तत्कालीन एमालेबाट ५९ र माओवादी केन्द्रबाट ४१ प्रतिशतका हिसाबले जिल्ला कमिटीमा सहभागी हुने सुझाव समितिमा छलफल गरिएको बताए ।

नेकपा माओवादी केन्द्र म्याग्दीका पूर्व संयोजक एवं सभासद गोविन्दप्रसाद पौडेलले अबको लँडाई दलाल, नोकरशाही र पुँजीपतिका विरुद्धमा हुने बताउँदै देशमा सङ्कटको समयमा ठूल्ठूला परिवर्तनहरु भएको बताए । उनले नेकपाको राजनीतिक कार्यदिशा समाजवादउन्मुख जनताको जनवाद भएको भन्दै लेनिनवादी सङ्गठनको सिद्धान्त अनुसार पार्टी संरचनालाई अगाडि बढाइने बताएका थिए ।

नेकपाका नेता तथा पूर्व सांसद नवराज शर्माले स–साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकताको प्रक्रियामा सामेल गराउनुपर्ने भन्दै ५ वर्षपछि हुने निर्वाचनमा नेकपा, नेपाली कांग्रेस र मधेशवादी दलहरु मात्रै हुनसक्ने बताए । उनले निर्वाचित जनप्रतिनिधिहरुले जनताका आधारभूत समस्याहरु समाधान गर्दै विकास निर्माण र दुरगामी महत्व राख्नेगरी काम गर्नुपर्ने धारणा राखेका छन् । IMG_7865कार्यक्रममा नेकपाका नेताहरु चन्द्रबहादुर घिमिरे, बालकृष्ण सुवेदी र शेरबहादुर केसीले ठूलो त्याग र मेहनतका साथ पार्टी एकता भएको बताउँदै तल्लो तहसम्म एकताको भावना र सन्देश लैजानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापा, ३ का पदमबहादुर पुन, ४ का गोविन्दप्रसाद पौडेल, ६ का कृष्णबहादुर बानियाँ, ७ का राजेन्द्रकुमार श्रेष्ठ र ९ का बेलबहादुर चोखालले आ–आफ्नो क्षेत्रमा भएका विकास निर्माणका कामहरु, परेका समस्या र पार्टीसँगको समन्वयका विषयमा धारणा राखेका छन् ।

पार्टी एकतालाई कार्यकर्ता तहसम्मै अन्तरघुलनको वातावरण बनाउने उद्देश्यसहित आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तत्र्रिmया कार्यक्रम नेकपाका नेता प्रमोद श्रेष्ठको अध्यक्षता, राजकुमार थापाको स्वागत र कुशल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।