म्याग्दी समाचार
घ्या“सीखर्क स्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण

गोपाल छन्त्याल/बेनी । असार २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगले स्थित घ्या“सीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको लागतमा […]
दरवाङ बजारमा सिसिटिभी जडान

विकल्प न्यूज/बेनी असार २१ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा विहिवार सिसिटिभी जडान गरिएको छ । ६ नम्बर वडाले सिफारिस गरी गाउँपालिकाद्धारा विनियोजन गरेको दुइ लाख रुपियाँको लागतमा वडा देखि इलाका प्रहरी कार्यालय सम्म गरि ५ स्थानमा सिसिटिभी जडान गरिएको हो । बजार क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण गरि शान्तिसुरक्षा कायम गर्न […]
डोजरे विकास, जनसहभागिता र अपनत्व

अर्जुन शर्मा/विकल्प न्यूज असार २१ गते । स्थानीय स्तरका आवश्यकता स्थानीय तहलाई नै वोधगम्य हुने हुनाले स्थानीय स्तरमा नीति/योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहलाई छ । सोका लागि दूरदृष्टि र लक्ष्य राखी सोही अनुरूप कार्य गर्न सक्नुपर्छ । कर्मचारी अभावको जन्मसिद्ध समस्या लिएर जन्मेका स्थानीय तहहरूमा निर्वाचन सम्पन्न भएको धेरै भइसकेको छ । […]
वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकको शाखा

विकल्प न्यूज/बेनी बेनी २१ असार । जलजला गाउँपालीका ३ वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको बैंकको अनुमती पाएको सांग्रीलाले म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरेर वारीबेनीमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायत बैङ्कीङ सेवा सहज, छिटो, […]
पात्लेमा खोप केन्द्र स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असार । म्याग्दीको मालीका गाउँपापलिका ३ पात्लेमा खोप केन्द्रको भवन निर्माण भएको छ । वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर बालबालीकालाई खोप लगाउन नसकेका भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीका बासिन्दाको सुबिधाका लागि स्थापीत खोप केन्द्रलाई व्यवस्थित बनाउन भवन निर्माण भएको हो । गाउँपालिकाको तिन लाख रुपैयाँ अनुदान र स्थानीयबासीको […]
कालीगण्डकीमा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा !

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा […]
चिमखोलामा सार्वजनिक सुनुवाई

गोपाल छन्त्याल, निर्मल खत्री चिमखोला २० असार । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले यसअघि मौवाफाँट र पाखापानीमा सुनुवाई गरिसकेको […]
गलेश्वर बजारमा म्याद सकिएका कोकोकला र फेन्टा विक्री वितरण

विकल्प न्यूज /बेनी असार २० गते । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडद्धारा उत्पादित कोकोकला,फेन्टा र स्प्राइट खानयोग्य मिति समाप्त भएपछि पनि बिक्री वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधवार बेनी नगरपालिका ९ गलेश्वरका होटल तथा किराना पसलमा गरेको अनुगमनका क्रममा पिउन योग्य मिति समाप्त भएका हल्का पेय पर्दाथ भेटिएको हो । […]
गलेश्वरको थासाङ टे«डर्समा भेटियो घरेलु मदिराको भण्डार

विकल्प न्यूज/बेनी असार २० गते । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको थासाङ ट्रेडर्समा घरेलु मदिराको भण्डार फेला परेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा बुधबार विहान गलेश्वर बजारमा गरिएको अनुगमन क्रममा उक्त पसलमा अवैध घरेलु मदिराको भण्डार फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले थासाङ ट्रेडर्समा खुल्ला […]
पर्वत बेनीमा जेसीबीको पाट्र्स डिलर स्थापना

विकल्प न्यूज/बेनी म्याग्दी २० असार । निर्माण कार्यमा प्रयोग हुने हेभी ईक्युभमेन्ट उत्पादक जेसीबी कम्पनीले म्याग्दीको सदरमुकाम बेनीसंग सिमानसंग जोडिएको पर्वतको जलजला गाउँपालीका ३ वारीबेनीमा पाट्र्सको बिक्री कक्ष (डिलर) सञ्चालनमा ल्याएको छ । म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी क्षेत्रका निर्माण व्यवसायीहरुको सुबिधाका लागि म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीका युवा उद्यमी बालकृष्ण खत्रीले स्थापना गरेको डिलरको […]
घरेलुको अनुदान र औजारमा कमिसनको खेल

नवविकल्प डेक्स /बेनी असार २० गते । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय म्याग्दीको अभिलेख अनुसार आर्थिक वर्ष २०७४/७५ मा बेनीकी उद्यमी लिलादेवी पुनलाई ८४ हजार ४०० रुपैयाँ मूल्य पर्ने ढाका बुनाई सम्बन्धि उपकरण ८० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । तर उक्त औजार पुनको उद्योगमा नभएर एक वर्षदेखि समितिकै गोदाममा थन्कीएको छ । […]
खेलकुदमा महिला सहभागिता वृद्धि गर्न दुईदिने तालिम

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १९ असार । “महिला हिसां विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ म्याग्दीको बेनीमा खेलकुदमा महिला सहभागिता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ । माध्यमिक तहमा अध्ययनरत छात्र विद्यार्थीहरुको खेलकुद क्षेत्रमा भएको सम्भावना र अवसरमा बढी सहभागिता गराउने उद्देश्यले अभिवृद्धि तालिम आयोजना गरिएको […]
पाखापानीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, धिरन खत्री पाखापानी १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा […]
रुमको टाक्सेखोलामा झोलुङ्गे पुल

कमल खत्री/ बेेेेनी म्याग्दी, १८ असार । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले नवनिर्मित झोलुङ्गे पुलले जिर्ण पुलबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले मालिकामा यस बर्ष […]
दरबाङमा सार्वजनिक सुनुवाई

प्रताप बानियाँ /दरबाङ म्याग्दी, असार १८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो । चालु आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिका तथा वडा कार्यालय र जिल्लास्थित विषयगत कार्यालयहरुबाट सञ्चालन भएका विकासे गतिविधिहरु, सार्वजनिक सेवा […]