गलेश्वरको थासाङ टे«डर्समा भेटियो घरेलु मदिराको भण्डार

विकल्प न्यूज/बेनी
असार २० गते । DSC_0036बेनी नगरपालिका ९ गलेश्वरमा रहेको थासाङ ट्रेडर्समा घरेलु मदिराको भण्डार फेला परेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा बुधबार विहान गलेश्वर बजारमा गरिएको अनुगमन क्रममा उक्त पसलमा अवैध घरेलु मदिराको भण्डार फेला परेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले थासाङ ट्रेडर्समा खुल्ला रुपमा विक्री वितरण गर्नका लागि राखेको ८० लिटर घरेलु मदिरा बरामद् गरेको हो । थासाङ टे«डर्समा घरेलु मदिराको भण्डार नै फेला परेको अनुगमन टोलीका एक सदस्यले बताए ।

पसल अनुगमनका क्रममा विक्री वितरण गर्न राखिएको ३ ग्यालीन अवैध घरेलु मदिरा अनुगमन टोलीले बरामद गरि तत्कालै नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।