कालीगण्डकीमा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा !

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २० असार ।

jeep accident-1बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका– ९ का ३१ वर्षिय रवी (इन्द्र बहादुर) खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली वेपत्ता भएका थिए ।

कालिगण्डकी नदीमा जिप खसेर दुर्घटना भएपछि बर्षाको कारण पानीको बहाब बढेको कारण दुबै जनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भीक अनुमान गरिएको थियो । तर दुर्घटना भएको ६ दिनपछि बुधवार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन् । दुर्घटना लगत्तै वेपत्ता भएका खड्का र नेपालीको परिवार समेत सुरक्षा निकायकै समन्वयमा कालिगण्डकी नदीमा खोजी कार्यमा जुटेका थिए ।

दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो । दुर्घटना भएको यतिधेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आबश्यक अनुसंधान प्रकृया अगाडी बढाईएको प्रनाउ बुढामगरले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात दुर्घटनामा परेपछि आफु खोलामा उछिट्टीएको र फौडी खेलेर बाहीर निस्कन सफल भएको बयान दिएका छन् । तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ ।

खड्काले प्रारम्भिक बयानका क्रममा घराम्दीबाट पोखरा जाने यात्रु भएको भनेर बोलाएर गाउँमा भेला भएका गाउँलेले लगाएको नेपालीलाई गर्भवती बनाएको आरोप स्वीकार गरेर बेनी ल्याउने क्रममा दुर्घटना भएको बताएका छन् । दुई जना सवारी गाडी चलाउने क्रममा तनावमा परेको र नियन्त्रण भन्दा बाहीर गएर दुवै जना कालीगण्डीमा खसेको खड्काले बताएका छन् ।

आफु उछिटीएर खोलामा परेको र एक सय मिटर तल कालीगण्डकीमा पौडी खेलेर बाहिर निस्कीई अरुले आक्रमण गर्ने डरले उज्यालो भईन्जेल सडक मुनिको ओडारमा लुकेर बसेर पैदल हिडेर गलेश्वर देखि पर्वत बगरफाँट हुदै मिलनचोक पुगेर गाडी चढेर पोखरा पुगेको खड्काले बयान दिएका छन् ।