गलेश्वर बजारमा म्याद सकिएका कोकोकला र फेन्टा विक्री वितरण

विकल्प न्यूज /बेनी
असार २० गते ।  DSC_0051

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडद्धारा उत्पादित कोकोकला,फेन्टा र स्प्राइट खानयोग्य मिति समाप्त भएपछि पनि बिक्री वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधवार बेनी नगरपालिका ९ गलेश्वरका होटल तथा किराना पसलमा गरेको अनुगमनका क्रममा पिउन योग्य मिति समाप्त भएका हल्का पेय पर्दाथ भेटिएको हो ।

बजारमा गरिएको अनुगमनका क्रममा प्रत्येक पसलहरुमा म्याद गुज्रिएका कोक,फेन्टा र स्प्राइट भेटियो सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताउनुभयो । गलेश्वरका पाँचवटा पसलमा गरिएको अनुगमनका क्रममा म्याद सकिएका पिउन अयोग्य पेय पदार्थ भेटीएको उहाँले बताउनुभयो । DSC_0054अनुगमनका क्रममा होटल प्रतिमा एण्ड किराना पसलमा ५० एमलका ७ वोतल र स्प्राइट १८ वोतल, ठकुरी एण्ड किरानामा डेढ लिटरको फेन्टा ९ वोतल,लिची ३ वोतल, रघुगंगा हाईवे किराना पसलमा डेढ लिटरको कोक ५ वोतल,फेन्टा पाँचसय एमलका १० वोतल, स्प्राइट ५ वोतल म्याद गुज्रिएका भेटिएका हुन । DSC_0027यसै गरी पुन स्टोर्सबाट डेढ लिटरको कोक १ वोतल,फेन्टा २ वोतल,स्पाइट १० बोतल, डिलु किराना पसलबाट डेढ लिटरको कोक ३ वोतल,फन्टा १८ वोतल, पाचसय एमलको फेन्टा २८ वोतल र क्याम्पो कोकोकला २० वोतल वरामद् गरि नष्ट गरिएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा गएको अनुगमन टोलीमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,प्रहरी, र पत्रकारको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद गुज्रिएका कोकोकला,फेन्टा र अन्य खाद्ययपर्दाथ भेटियो र नष्ट गरी पसलहरुलाई सचेत बनाइएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।