विकल्प न्यूज/बेनी
म्याग्दी २० असार । निर्माण कार्यमा प्रयोग हुने हेभी ईक्युभमेन्ट उत्पादक जेसीबी कम्पनीले म्याग्दीको सदरमुकाम बेनीसंग सिमानसंग जोडिएको पर्वतको जलजला गाउँपालीका ३ वारीबेनीमा पाट्र्सको बिक्री कक्ष (डिलर) सञ्चालनमा ल्याएको छ ।
म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी क्षेत्रका निर्माण व्यवसायीहरुको सुबिधाका लागि म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीका युवा उद्यमी बालकृष्ण खत्रीले स्थापना गरेको डिलरको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले मंगलबार उद्घाटन गर्नुभएको थियो ।
अध्यक्ष कर्माचार्यले डिलरबाट हेभी ईक्युभमेन्ट व्यवसायीहरुलाई सहयोग पुग्ने बताउनुभयो । जेसीबी ब्राण्डका स्काभेटर, ब्याकलोडर लगायत हेभी ईक्युभमेन्ट मर्मत, पाटपूर्जा बिक्री गर्ने उद्देश्यले डिलर खोलेको एमडब्लु प्रा.लीको स्पायर पार्टसका व्यवस्थापक विकास शर्माले बताउनुभयो ।