पात्लेमा खोप केन्द्र स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ असार । Patle khop Kendra Building

म्याग्दीको मालीका गाउँपापलिका ३ पात्लेमा खोप केन्द्रको भवन निर्माण भएको छ । वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर बालबालीकालाई खोप लगाउन नसकेका भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीका बासिन्दाको सुबिधाका लागि स्थापीत खोप केन्द्रलाई व्यवस्थित बनाउन भवन निर्माण भएको हो ।

गाउँपालिकाको तिन लाख रुपैयाँ अनुदान र स्थानीयबासीको दुई लाख पचास हजार रुपैयाँ बराबरको श्रमदानमा एक कोठे भवन निर्माण गरिएको उपभोक्ता समितिका अधयक्ष सागर राम्जालीले बताउनुभयो ।

खोप केन्द्र भवनको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले दुर्गम क्षेत्रका बासिन्दाको आधारभुत स्वास्थ्य सेवामा पहुँच बढाउन खोप केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । बिकट क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले बालबालीकालाई खोप लगाउन यसअघि तिन घण्टा पैदल हिडेर रुम र डाँडागाउँमा पुग्ने गरेका थिए ।

डाडाँगाउको स्वास्थ्य ईकाई र रुमको स्वास्थ्य चौकीबाट मासीक रुपमा खोप केन्द्रमा स्वास्थ्यकर्मी पुगेर बालबालीकालाई खोप लगाउने, गर्भवती महिलाको स्वास्थ्य परिक्षण र अन्य सामान्य उपचार सेवा दिने व्यवस्था मिलाउने वडा अध्यक्ष हेमबहादुर पुनले बताउनुभयो ।