दरवाङ बजारमा सिसिटिभी जडान

विकल्प न्यूज/बेनी
असार २१ गते । dharbang bazarपश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा विहिवार सिसिटिभी जडान गरिएको छ । ६ नम्बर वडाले सिफारिस गरी गाउँपालिकाद्धारा विनियोजन गरेको दुइ लाख रुपियाँको लागतमा वडा देखि इलाका प्रहरी कार्यालय सम्म गरि ५ स्थानमा सिसिटिभी जडान गरिएको हो ।

बजार क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण गरि शान्तिसुरक्षा कायम गर्न सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष सन्तनाथ जैसीले बताउनुभयो । पश्चिम म्याग्दीकै व्यापारिक केन्द्र भएकाले पनि सुरक्षाको चुनौतीलाई मध्यनजर गरेर बजार क्षेत्रमा सिसिटिभी जडान गरिएको उहाँले बताउनुभयो । आगमी दिनमा विस्तार गरि बजारका सवै क्षेत्रमा सिसिटिभी जडान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जडान गरिएको सिसिटिभीको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) इलाका प्रहरी कार्यालय माताहतमा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

 

समाचारमा प्रयोग भएको तस्विर स्रोत नखुलाई प्रयोग गर्न मनाही छ