रुमको टाक्सेखोलामा झोलुङ्गे पुल

कमल खत्री/ बेेेेनी
म्याग्दी, १८ असार ।

????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालीका २ रुम र ३ नम्बर वडाको सेउलुङ बस्तीलाई जोड्ने टाक्सेखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ ।

नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले नवनिर्मित झोलुङ्गे पुलले जिर्ण पुलबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले मालिकामा यस बर्ष ४ वटा झोलुङ्गे पुल निर्माण भएको जानकारी गराउँदै पुलको संरक्षण र रेखदेखमा स्थानीयले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

????????????????????????????????????

कुल रु ३२ लाख १३ हजार ९१२ रुपैयाको लागतमा निर्माण भएको पुलबाट ७५० बढी घरधुरीका साढे ४ हजार बढी नागरिक प्रत्येक्ष लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष भुमिलाल कामीले बताउनुभयो । उहाँले सरकारी तवरबाट प्राप्त बजेटमा स्थानीयबासीले जनश्रमदान समेत जुटाएर स्टिमेट भन्दा कम लागतमै झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

पुल निर्माणमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को ८० प्रतिशत, झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिपमा १२ प्रतिशत, मालिका गाउँपालिकाको ६ प्रतिशत लगानी र उपभोक्ताको २ प्रतिशत योगदानमा उक्त पुल निर्माण भएको हो ।

पुल निर्माणमा स्वाप कार्यक्रम अन्र्तगत जिल्ला प्राविधिक कार्यालय मार्फत २७ लाख २२ हजार ५०६ रुपैयाँ, झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप्समा १ लाख ९३ हजार ९९५ , मालिका गाउँपालिकाबाट १ लाख ९७ हजार ८११ रुपैयाँ लगानी र समुदायबाट ९९ हजार ६ सय बराबरको योगदान भएको पुल निर्माणमा सामुदायीक परिचालन तथा प्राबिधिक सहयोग गरेको संस्था मिलन म्याग्दीकी सामाजिक परिचालक रिजन तिलिजा पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पुल निर्माणको लागि स्टिमेट गरिएको रकममध्ये रु ४७ हजार ६९३ रुपैयाँ रकम बचत छ । सो रकमबाट पुलदेखि रुमतर्फ जाने ठाउँमा रहेको अप्ठ्यारो बाटोलाई मर्मत गरिने र पुल नजीकै खानेपानीको सुविधा पु¥याउने काम गरिने उपभोक्ता समितिले जनाएको छ । झोलुङ्गे पुल बनेपछि रुम गाउँ जान आउनको लागि र खाद्यान्न ढुवानीको लागि खच्चड समेत सहजै रुपमा वारपार गर्न सुविधा पुगेको वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

२०७४ फागुन ७ गतदेखि निर्माण सुरु भएको पुललाई निर्धारित समयमै सम्पन्न गर्नको लागि कार्यक्षेत्रमै अस्थायी रुपमा त्रिपालमुनी बसेर काम गरिएको थियो ।

पुल उद्घाटन कार्यक्रममा मिलन म्याग्दीका प्राविधिक सुरेश जिसी, झोलुङ्गे पुल सहयोग ईकाईका प्राविधिक श्रीधर भण्डारी, वडा सदस्य हिरा बहादुर बुढाले समेत झोलुङे पुल प्राविधिक रुपमा स्तरीय रहेकोमा जोड दिनुभयो उक्त कार्यक्रमको सञ्चालन कृष्ण पुनले गर्नुभएको थियो ।