म्याग्दी समाचार

तोरन्ल गोल्डकपको उपाधी बुर्तीवाङलाई

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २६ चैत । दसौ तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिताको उपाधि थकाली सेवा समिति बुर्तीवाङले जितेको छ । ढोरपाटन नगरपालिका १ बुर्तीवाङमा शनिबार सम्पन्न प्रतियोगितामा १३९ स्कोर गर्दै बुर्तीवाङले उपाधि जितेको हो । १३२ स्कोर गर्दै बेनी क्षेत्र दितृय र १२५ स्कोर गर्दै काठमाडौ क्षेत्र तितृय, पोखरा चौथो र […]

मंगला ईकाईको सभापतिमा पाण्डे

विकल्प न्यूज/बेनी चैत २५ गते । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको मंगला ईकाईको सभापतीमा हुमनाथ पाण्डे निर्वाचित हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न मंगला गाउँपालीकाका ब्यवसायी, ब्यापारी र उद्यमीहरुको भेलाले ईकाईको उपसभापतीमा चक्रलाल पाण्डे, सचिवमा प्रेमलाल पौडेल, कोषाध्यक्षमा शोभा केसी र सहसचिवमा प्रमानन्द विश्वकर्मालाई चयन गरेको छ । सदस्यहरुमा रामचन्द्र पौडेल, तिलकप्रसाद पुन, होमप्रसाद सुवेदी, मोतिलाल […]

यसरी समृद्ध बन्न सक्छ प्रदेश ४

दिवाकर पौडेल/विकल्प न्यूज चैत २४ गते । नेपालको संबिधान २०७२ जारी भई देश संघिय गणतन्त्रको मार्गमा बढ्दो बालक झैं टुकु टुकु पाईला चालिरहेको छ। यसक्रममा तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहको सरकारको अभ्यास शुरु भइसकेको छ । मुलुकका ७ प्रदेशहरु मध्ये ४ नं. प्रदेश हर हिसाबले मिलेको र बिकासका प्रशस्त सम्भावनाहरु बोकेको प्रदेशको रुपमा […]

चार सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ चैत । बेनीमा शनिबार देशका विभिन्न ठाउँका चार वटा सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया भएको छ । बेनी स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन भ्रमणमा आएका बुटवलको अमरज्योत, गोरखाको सनराईज र स्याङ्जाको प्रगतिशिल ऋण तथा बचत सहकारी संस्थाका १३० जना सञ्चालक तथा सेयर सदस्यहरु अन्तरक्रियामा सहभागीता रहेको थियो । चार […]

आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २४ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ । तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र कार्यालयका […]

दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने

गोपाल छन्त्याल/ बेनी चैत २४ गते । म्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’ हुनेछ । […]

झलक पुनको सालैजो भाका बजारमा (भिडियो)

विकल्प न्यूज /बेनी चैत २४ गते । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा मगर समुदायमा […]

प्रदेश ४ : स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तोकियो

२४ चैत, पोखरा । प्रदेश ४ का स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा तय भएको छ । प्रदेश सभा बैठकले स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक पारित गरेसँगै उनीहरुले तलब पाउने भएका हुन् । निर्वाचित भएर काम थालेको १० महिनापछि स्थानीय तहका जनप्रतिनिधिकोे तलब पक्का भएको हो । विधेयकका अनुसार अब महानगरका मेयरले मासिक ४३ […]

मंगलाको प्रोफाईल बनाउने तयारी

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको प्रोफाईल बनाउने तयारी भएको छ । गाउँपालीकाको बस्तुअवस्था, समस्या र सम्भावनाको पहिचानका लागि प्रोफाईल बनाउन लागिएको हो । योजना तथा कार्यक्रम तय गर्न आवश्यक पर्ने तथ्याङ्क र बस्तुगत विवरण जुटाउनका लागि प्रोफाईल निर्माण गर्न लागिएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । प्रोफाईल निर्माणको विषयमा बाबियाचौर स्थित […]

मालीकामा नौ खानेपानी आयोजना

विकल्प न्यूज/बेनी चैत २३ गते । मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा करिब साढे पाँच करोड रुपैयाँको लागतमा नौ वटा खानेपानी आयोजना सञ्चालन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत पाँच करोड ३५ लाख ७२९ रुपैयाँको कुल लागतमा चार वटा वडामा आयोजनाहरु सञ्चालन भएका हुन् । उपभोक्ता समिति मार्फत कार्यान्वयनको चरणमा रहेका […]

झिँ, पाखापानी र कुईने क्षेत्रलाई विशेष व्यवस्था गर्न सांसद केसीको ध्यानकर्षण

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, र कुइनेक्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधा लिन सहज गराउन विशेष व्यवस्था गर्न म्याग्दीका प्रदेश साँसद विनोद केसीले संसदको ध्यानकर्षण गराउनुभएको छ । प्रदेश ४ को शुक्रवार बसेको बैठकमा साँसद केसीले स्थानीय तह पुनर्संरचनाको क्रममा रघुगंगा गाउँपालिकाभित्र समावेश साविकको झिँ, पाखापानी र कुईनेमंगले गाविसका नागरीकहरुलाई […]

फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन

गोपाल छन्त्याल/बेनी चैत २३ गते । मालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले खानेपानी निर्माणको अवस्थाबारे […]

दसौ तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बागलुङ(बुर्तीवाङ) २३ चैत । बागलुङको ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शुक्रबारदेखि दसौ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् । थकाली समुदायको पौराणीक तारो […]

नगरक्षेत्रमा भाडादर निर्धारण

गोपाल छन्त्याल/बेनी चैत २२ गते । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका ९ वटै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५, बेनी–चिप्लेटी १ सय […]

राम्चे स्वास्थ्य चौकीको भवन निर्माणमा

ढिलाई विकल्प न्यूज/बेनी चैत २२ गते । अठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण कार्य चार वर्षमा समेत पुरा भएको छैन् । भवन निर्माणमा ढिलाई हुँदा सेवा प्रभावित भएको छ । वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले […]