भुरुङ तातोपानीका अधिकांश योजना सम्पन्न

विकल्प न्यूज/बेनी
जेठ २० गते ।    Bhurung Tatopani (4) अन्नपूर्ण गाउँपालिका मार्फत २ नम्बर वडा भुरुङ तातोपानीमा चालु आर्थिक वर्ष २०७४÷७५ मा बजेट बिनियोजन भएका अधिकांश योजना तथा कार्यक्रम सम्पन्न भएका छन् । गाउँपालिकाको पचास लाख रुपैयाँ अनुदानमा वडा कार्यालयले छनौट गरेर सञ्चालन भएका १४ वटा मध्य १३ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेका हुन् । जनप्रतिनिधिको समन्वय, अनुगमन र समुदाय तथा उपभोक्ता समितिको सक्रियताका कारण आर्थिक वर्ष सकिनु भन्दा डेढ महिना अघिनै योजना तथा कार्यक्रम कार्यान्वयन सकिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।

सबैभन्दा धेरै तेह् लाख रुपैयाँ बजेट बिनियोजन भएको तातोपानी–मान्द्रेढुङ्गा सडक आयोजना बाहेक अन्य योजना सम्पन्न भैसकेका छन् । सडक स्तरोन्नतीको काम भैरहेको यो योजना समेत अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर गोतामेले बताउनुभयो । चार ठाउँमा एक सय मिटर भन्दा बढी आरसीसी ढलान, सोलीङ र ग्यावियन लगाउने काम भैरहेको छ । Bhurung Tatopani (2) छ लाख रुपैयाँ बजेट बिनियोजन भएको चिसापानी कृषि सडक आयोजना मार्फत एक हजार ८६० मिटर सडकको नयाँ ट्याक खन्ने र ग्यावियन पर्खाल लगाउने काम सकिएको छ । छ लाख रुपैया बिनियोजित ठुलोबगर कटुञ्जे सडक योजना मार्फत दुई किलोमिटर ट्याक खनिएको छ । वडाले बिनियोजन गरेको तिन लाख रुपैया अनुदान र समुदायको थप लगानीमा आसीस मण्डली चर्चमा भान्छाकोठा भवन निर्माण भएको छ ।

मान्द्रेढुङ्गा स्थित खेलमैदानमा एक लाख पचास हजारको लागतमा ६६ मिटर लामो र सात फुट अग्लो जाली लगाएर घेराबार गरिएको छ । जागृती युवा क्बलको खेलमैदानमा प्याराफिट निर्माण भएको छ । यो योजनाका लागि पाँच लाख बिनियोजन भएको थियो । एक लाख पचास हजार रुपैयाँ बिनियोजन भएको सिमा प्रहरी चौकी तातोपानी परिसरमा प्रतिक्षालय निर्माणको काम सकिएको छ ।

मान्द्रेढुंगा, गाडापानी, कटुञ्जे लगायत विद्युत सुबिधा नपुगेको बस्तीमा तातोपानी साना जलविद्युत आयोजनासंगको सहकार्यमा विद्युतीकरणका लागि सात लाख बिनियोजन भएकोमा २१ व्टा पोल सहित तार खरिद गरीएको छ । आगामी वर्ष योजनालाई पूर्णता दिने लक्ष्य छ । Bhurung Tatopani (3)अन्नपूर्ण होटल देखि तातोपानी स्वास्थ्य चौकी सम्म सडक पु¥याउन बिनियोजन भएको तिन लाख पचास हजार रुपैयाको काम सम्पन्न भएको छ । सर्वोदय मावि, हिमालय आधारभुत र कटुञ्जे बालविकास केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री खरिद गरेर उपलब्ध गराइएको छ ।Bhurung Tatopani (5)लक्षित वर्गको कार्यक्रम अन्तरगत तिन लाख रुपैयाँको वडा स्तरीय आयआर्जन घुम्ती कोष स्थापना गरि बिना धितो सहुलियत ब्याजदरमा ऋण सुबिधा पाउने व्यवस्था मिलाइएको छ । कृषक, उद्यमीहरुलाई व्यवसायिक कृषि, औद्योगीक र होमस्टेको अवलोकन भ्रमण गराइएको छ । यो कार्यक्रमका लागि एक लाख बिनियोजन भएको थियो ।Bhurung Tatopani (1)पचास हजार रुपैयाँको दैवी प्रकोप उद्धार कोष स्थापना भएको छ । स्वास्थ्य चौकीमा फोहोर व्यवस्थापनका लागि खाडल खनिएको छ । सार्वजनिक स्थलको फोहोर व्यवस्थापनका लागि डस्टबिन खरिद गरेर वितरण गरिएको छ । वडामा सक्रिय, उदाहरणीय र नमुना काम गर्ने उपभोक्ता समुह, टोल सुधार समिति, आमा समूह र युवा कल्व छनौट गरेर पुरस्कृत गर्न एक लाख रुपैया बिनियोजन गरेको वडा अध्यक्ष फगामीले बताउनुभयो ।