म्याग्दी भ्रमण बर्ष २०७५ को प्रचारप्रसार तिव्र

विकल्प न्यूज/बेनी

म्याग्दी, २१ जेठ । IMG_8688म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन स्वदेश तथा विदेशमा प्रचारप्रसारलाई तिव्रता दिएको छ । संघले रोजगार शिलशिलामा विदेशमा रहेका म्याग्देलीलाई भ्रमण बर्ष २०७५ को विभिन्न प्रचारप्रसार सामाग्री म्याग्दी उद्वार समिति बहराईनलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष उत्तम कर्माचार्य र उपाध्यक्ष राजेश शाक्यले समितिका ब्यस्थापक सचिव रमेश केसीलाई सो सामाग्री उपलब्ध गराएको हो । समिति मार्फत जिल्लाको प्रमुख पर्यटकीय स्थलमा घुम्न जाउ अभियानलाई प्रभावकारी बनाउन रोजगारको शिलशिलामा बहराईनमा पुगेका म्याग्देलीलाई जानकारीको लागि प्रचारप्रसार सामाग्री उपलब्ध गराएको हो

संघिय संरचना अनुसार १ नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दी जिल्लामा लुकेर रहेको पर्यटकियस्थलको प्रचारप्रसार तथा पर्यटन विकासको लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई टिर्सट तथा स्टिकर वितरण गरि भ्रमण बर्षलाई प्रभावकारी बनाउने अभियानलाई तिव्रता दिएको छ ।