औल–गिद्धेश्वर पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी
जेठ २० गते । Giddeshower Traking Road Photoअन्नपूर्ण गाउँपालिका ७ औल गाउँदेखि धार्मीक स्थल गिद्धेश्वर जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा औलाका बासिन्दाले श्रमदान गरेर करिब एक किलोमिटर पदमार्ग निर्माण गरेका हुन् । दुई सय मिटर कच्चि र उकालो बाटोमा २५० वटा ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण गरिएको छहरा टाउको गिद्धेश्वर कुण्ड पदमार्ग निर्माण समितिका अध्यष कुमबहादुर पुर्जाले बताउनुभयो ।

गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदान र स्थानीयबासीको एक लाख तिस हजार रुपैयाँ बराबरको श्रमदानमा पदमार्ग निर्माण भएको हो । औलाका १०० घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए । अप्ठ्यारो भिरमा सिढी सहितको पदमार्ग निर्माण गरेपछि आवत जावत र हिडडुल गर्न सहज भएको छ ।

पदमार्ग निर्माण भएपछि औला गाउँदेखि गिद्धेश्वर जाने भक्तजन र स्थानीयबासीलाई सुबिधा भएको छ । धार्मीक स्थल गिद्धेश्वरको पर्यटन विकास गर्ने उद्देश्यले पदर्माण निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । गिद्धेश्वरमा रहेको तलाउमा गिद्धले स्नान गर्ने गरेको स्थानीयबासीको भनाई छ । सो स्थानमा हरितालीका तिज पर्वमा मेला लाग्ने गरेको छ ।