वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ २२ जेठ ।    IMG_3816   मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार ४५ औ विश्व वातावरण दिवस तथा १९ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा बृहत सरसफाई तथा सन्देशमलुक ¥याली सम्पन्न भएको छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना,मालिका गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय म्याग्दीको सहयोगमा वास पत्रकार मञ्च म्याग्दीको आयोजनामा स्थानीय संघ संस्था र बजारबासीहरुको सहभागितामा बजारका सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो ।IMG_3798दरवाङ स्थित खेलमैदानबाट सुरु भएको ¥याली सहितको टोलीले बजारका विभिन्न सार्वजनिक स्थलहरुको सरसफाई गरी गाउँपालिकाको कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो । प्लास्टीकजन्य र नकुहिने फोहोर संकलन गरेर व्यवस्थापन गरिएको हो ।IMG_3807यस वर्षको दिवसको मुल नारा प्लास्टीक प्रदुषण निर्मुल पारौ, पुनप्रयोग गर्न नसके बहिस्कार गरौ भन्ने रहेको छ । सो अवसरमा दरवाङ बजारका टोल सुधार समितिलाई परियोजना र मञ्चले फोहोर व्यवस्थापनका लागि बाल्टी, कुचो र कसेरदानी वितरण गरिएको थियो ।IMG_3839सरसफाईपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लास्टीकजन्य सामानको प्रयोग न्युनीकरणमा जोड दिनुभयो । पोलीथिन झोला प्रयोगलाई निरुत्साहीत गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । IMG_3824मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले टोल सुधार समिति मार्फत दरवाङ बजारमा भैरहेको सरसफाई अभियानलाई निरन्तरता र थप ब्यवस्थीत बनाउन लागीएको बताउनुयभो । फोहोर व्यवस्थापन स्थल, बधस्थलको खोजी, ढल व्यवस्थापनको लागि पहल गरिएको बताउँदै फोहोर संकलन तथा ढुवानीका लागि ट्याक्टर खरिद प्रक्रिया अघि बढेको बताउनुभयो । IMG_3843वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता र सचिव हरिकृष्ण गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालीका गाउँपालिका ६ दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले स्वागत गर्नुभएको थियो । वातावरण दिवसको अवसरमा बेनीमा एक निजामती कर्मचारीले एक बिरुवा रोपेर मनाइएको छ । अन्य स्थानीय तह स्तरमा समेत वातावरण र सरसफाई दिवस मनाइएको छ ।