मौवाफाँटमा योग शिवीर सुरु

विकल्प न्यूज/बेनी
जेठ २१ ग्ते । 34306120_1784678924919051_3319492253558243328_oरघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आईतबारदेखि योग शिवीर सुरु भएको छ । गाउँपालिकाको सहयोगमा नविन आनन्द योग केन्द्रले आयोजना गरेको शिवीर ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षतामा भएको शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले स्वास्थ्यका लागि योगको महत्व रहेको बताउनुभयो ।

तनावबाट मुक्ती पाउन, रोगबाट बञ्नका लागि योग गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई थियो । शिवीरमा योगको ब्यवहारीक र सैद्धान्तीक ज्ञान सीप प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले बताउनुभयो ।