बेनीका सडकमा गरिएको कालोपत्रे तिनदिन मै उक्किन थाल्यो

विकल्प न्यूज/बेनी
जेठ २३ गते ।20180605_180510

म्याग्दीको सदरमुकाम बेनी बजार भित्रका सडकमा गरिएको कालोपत्रे उक्कीन थालेको छ । बेनीको बालमन्दीर चोकमा कालोपत्रे गरेको तिनदिनमै उक्कीन थालेको हो ।

उपभोक्ता समिति मार्फत बेनी नगरपालिकाले बजारका ७ र ८ नम्बर वडा भित्रका सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा कालोपत्रे गरेको थियो । कालोपत्रे गर्न नगरपालिकाबाट दश लाख रुपियाँ विनियोजन भएको हो ।

कालोपत्रे गर्दा कमसल सामाग्रीको प्रयोग भएकाले कालोपत्रे उक्कीन थालेको बजारीवासीहरु बताउँछन् । जनप्रतिनिधिहरुको वेवस्ता र कालोपत्रे गर्ने ठेकेदारको लापरवाहीका कारण बजार क्षेत्रमा गरिएको कालोपत्रे गुणस्तरहिन भएको छ ।

कमसल सामाग्रीको प्रयोग गरेर कालोपत्रे गरिएको भेटिए भुक्तानी रोक्ने वेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । हामी अनुगमन पनि गर्दछौं यदि त्यस्तो भेटिएमा भुक्तानी रोकी फेरी पिच गर्न लगाउँछौं उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय, जिसस कार्यालय गाडीको चोक, बालमन्दिर चोक, संगमचोक, हुलाकचोक, न्युरोड, गणेशटोल, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा सडक मर्मत गरिएको थियो ।