स्वास्थ्यकर्मीलाई शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तालिम

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ २० ।IMG_7250म्याग्दीको सदरमुकाम बेनीमा आइतबार शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरिएको हो ।

बालबालिकामा हुने शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिमका क्रममा नेपालमा पोषणको अवस्था, आपतकालीन अवस्थामा पोषण, बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणको जानकारी, सुआहारा कार्यक्रमको परिचय, मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खानालगायत शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका विषयमा सहजीकरण गरिएको थियो ।

तीन दिनसम्म चलेको तालिममा बेनी नगरपालिका अन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्यचौकीमा कार्यरत १९ जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए । तालिमको सुआहाराका तालिम अधिकृत संयोक खतिवडा, जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिष्ट सन्जोग तिमिल्सीना, मेडिकल अधिकृत डा. मनु विश्वकर्मा र नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले सहजीकरण गरेका थिए ।

तालिम समापनमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले जिल्लाको ग्रामीण क्षेत्रमा रहेको कुपोषणलाई हटाउनका लागि स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् । मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन र सुआहारा कार्यक्रमका जिल्ला संयोजक कामना प्रधानले बालबालिकामा रहेको कुपोषण हटाएर स्वास्थ्यमा सुधार ल्याउन

तालिम आयोजना गरिएको बताउँदै तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतानुपर्नेमा जोड दिएका थिए ।
तालिमको समापनसत्र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख डा. विराट शर्माको अध्यक्षता, बेनपाका स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पतालका इन्डोर इन्चार्ज मनदेवी गौतमले मन्तव्य राखेकी थिइन् । सोही अवसरमा सुआहाराका तालिम अधिकृत संयोग खतिवडालाई विदाई समेत गरिएको थियो ।