म्याग्दी समाचार

बिलबाङका पहिरो पीडितलाई थप ३० हजार राहत उपलब्ध गराउने निर्णय

विकल्प न्यूज/बेनी भदौं ५ गते । मालिका गाउँपालिका २ रुमको बिलबाङका पहिरो पीडितहरुले प्रतिपरिवार थप ३० हजार रुपियाँ राहत पाउने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले पहिरो पीडित पाँच घरपरिवारलाई जनही थप ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सहायक […]

“दग्नाम गाउँको चिनारी” (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । रघुगंगा गाउँपालिका ४ दग्नामाको परिचय झल्काउने म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका गीता पाइजाको आवाज रहेको म्यूजिक भिडियोको निर्देशन पुष्कार बिवेक थापाले गर्नुभएको छ । खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका पाइजा र गायक गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक भिडियो लाई युवा निर्देशक […]

कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकोे सम्मान

विकल्प न्यूज/बेनी म्याग्दी, ५ भदौ ।  बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैशिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी थिइन् । विद्यालयले […]

कृष्णगंगाको करिब नौ करोडको कारोबार

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ भदौ । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले गत आर्थिक वर्ष २०७४/७५ मा करिब नौ करोड रुपैयाँको कारोबार गरेको छ । आठ करोड ८३ लाख ८५ हजार रुपैयाँ कुल कारोबार गरेको संस्थाले छ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन र छ करोड ५० लाख रुपैयाँ लगानी […]

गाउँ पस्नै सकेन स्वास्थ्य बिमा

सन्दिप शर्मा/म्याग्दी भ्दौं ५ गते । नेपालको संविधान–२०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ सालदेखि शुरु गरेको स्वास्थ्य बिमा म्याग्दी जिल्लाको ग्रामीण भेगतर्फ भने पुग्नै सकेको छैन । २०७३ पुस महिनादेखि म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिए पनि उक्त कार्यक्रमबाट स्वास्थ्यको पहुँचमा पुग्न […]

गुर्जामा व्यवसायिक तरकारी खेती तालीम सुरु

चित्र छन्त्याल/विकल्प न्यूज गुर्जा ५ भदौ ।म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा सोमबारदेखि तिन दिने तरकारी उत्पादन ब्यवसाय तालिम सुरु भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा सुरु भएको तालीमको वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । २३ जना सहभागी तालीमको कृषि प्राबिधिक कुलबहादुर खत्रीले […]

बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गत हप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा […]

भ्रमण वर्षलाई साथ दिने म्याग्दी सहकारीको निर्णय

गोपाल छन्त्याल/बेनी भदौं ४ गते । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ ।  रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७ बुदें बार्षिक कार्ययोजना […]

लिटील गार्डेनका अभिभावकलाई सीपमुलक तालीम

विकल्प न्यूज/बेनी भदौं ४ गते । बेनीको लिटील गार्डेन एकेडेमीका अभिभावकहरुलाई सीपमुलक तालीम प्रदान गरिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई फुर्सदको समयको सदुपयोग गर्दै सीपको माध्यमबाट आयआर्जनमा संलग्न गराउने उद्देश्यले तालीम प्रदान गरिएको हो । घरेलु तथा साना उद्योग विकास समितिसंगको सहकार्यमा १४ जना महिला अभिभावकलाई ४५ दिने स्वीटर बुनाई तालीम प्रदान गरिएको […]

सदस्यता विस्तार अभियानमा म्याग्दी क्याम्पस

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ भदौ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले सदस्यता विस्तार अभियान सुरु गरेको छ । पछिल्लो पटक भएको क्याम्पस सभाले गरेको आजिवन सदस्यता खुल्ला गर्ने निर्णय कार्यान्वयनका लागि सञ्चालक समितिले पहल थालेको हो । लामो समयदेखि रोकीएको सदस्यता वितरण खुल्ला गर्ने निर्णय कार्यान्वयनमा लगिएको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी […]

शेरचन परिवारद्धारा दिपक माविलाई तिन लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिन लाख रुपैयाँ भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँच हजार रुपैया सहयोग गर्नुभएको हो । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार […]

बेनीमा बन डिभिजन कार्यालय स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो । डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । […]

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

विकल्प न्यूज/बेनी भदौं ३ गते । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने […]

बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । पहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ । बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा कटान गरेको […]

कालिगण्डकीले धार परिवर्तन गरेपछि तातोपानी कुण्ड जोखिममा

विकल्प न्यूज/बेनी भदौं २ गते ।       कालिगण्डकी नदीले धार परिवर्तन गरेपछि अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा रहेको तातोपानीको कुण्डमा जोखिममा परेको छ । कालीगण्डकी नदीको बहाव उच्च भएसँगै नदीले धार परिवर्तन गरेको हो ।शुक्रबार राती एक्कासी नदीले धार परिवर्तन गरेको हो । बगिरहेको गण्डकी मा खालि भागमा ढुङ्गा अडकिएर बालुवा भरिदै माथि आएपछि […]