ताजा समाचार:
Search

कुमारी सहकारीको ५९ करोडको कारोवार

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते । 45220876_2151115021589418_3674154937576587264_o (1)सदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा करिव ५९ करोड वरावरको कारोवार गरेको छ ।
संस्थाको बेनीमा सम्पन्न दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कुराको जानकारी गराईएको हो । अधिवेशनबाट सहकारीको नयाँ सञ्चालक समिति समेत निर्वाचित गरेको छ । अधिवेशनबाट सु. थमवहादुर गर्बुजाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको सहकारीका प्रबन्धक रुद्र वहादुर गुरुङले जानकारी दिनुभयो ।

समितिका उपाध्यक्षमा राजकुमार थापा, सचिवमा यामबहादुर रोका, कोषाध्यक्षमा बालकुमार रोका, सहसचिवमा देवीकुमारी थापा चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यलाल पूर्जा, भुलमाया तिलिजा, दिलबहादुर थापा, गंगप्रसाद पुन, दुतकुमारी शेरपुञ्जा र जमुना पुन निर्वाचित हुनुभएको छ ।

गेमबहादुर घर्तिमगरको संयोजकत्वमा नरबहादुर गर्बुजा र बिष्णु गुरुङ सदस्य रहेको लेखा, छेमप्रसाद गर्बुजा संयोजक, ओमदेवी फवाङ्गी र उमबहादुर पुर्जा पुन सदस्य रहेको शिक्षा उपसमिति गठन भएको छ ।

यम्बरसिंह रोकाको संयोजकत्वमा रक बुढा, सपना जुग्जाली सदस्य रहेको कोष व्यवस्थापन उपसमिति र डकमाया पाइजालाई सल्लाहकारमा चयन गरिएको निर्वाचन मण्डलका लोकेश पुनमगरले जानकारी दिनुभयो ।
आदीवासी जनजाती महासंघ म्याग्दीका अध्यक्ष मुक्ति रोकाको प्रमुख आतिथ्यतामा साधारणसभा र अधिवेशन सम्पन्न भएको थियो ।