बिजनेस

बानियाँलाई कृषि व्यवसायबाट सफलता

विकल्प न्यूज/बेनी माघ १६ गते । रोजगारीको खोजीमा बिदेशमा भौतारिदा भनेजस्तो नभएपछि घर फर्कीएर बहुउद्देश्यीय कृषि व्यवसाय गरेका म्याग्दीका एक युवा राम्रो आम्दानी गर्न सफल भएका छन् । दश वर्षअघि टिमुर खेती र नर्सरी सुरु गरेका बेनपा ९ तोरीपानीका ४० वर्षीय सागर बानियाँ जिल्लामै नमुना उद्यमीको रुपमा चिनिन सफल हुनुभएको छ । उहाँ रोजगारीका लागि […]

‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम

विकल्प न्यूज/बेनी माघ १० गते । हाइड्रो भिलेजका रुपमा स्थापीत म्याग्दीको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकामा मेरोलगानीले सेयर तालिम आयोजना गरेको छ । गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा स्थानीयलाई सेयर बजारका बारेमा तालिम प्रदान गरिएको हो । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीसँगको सहकार्यमा उक्त तालिम […]

घान्द्रुक–घोडेपानीमा ६३ हजार पर्यटक

विकल्प न्यूज/बेनी माघ ९ गते ।सन २०१७ मा साढे त्रिसठ्ठी हजार जना बाह्य पर्यटकले म्याग्दीको घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ईलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन २०१७ मा बिरेठाटी हुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन २०१७ […]

पुनहिलको पारिलो घाममा रमाउँदै पर्यटक ..

विकल्प न्यूज/बेनी पुस २१ गते । अन्नपूर्ण गाउँपालिका ६ घार स्थित घोडेपानीको पुनहिलबाट देखिएको हिमश्रृङ्खलाको दृश्य सँगै पुस महिनाको पारिलो घाममा रमाउँदै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

बनपाखामा खेर जाने अल्लो पुवा आम्दानीको माध्यम

विकल्प न्यूज/बेनी पुस १७ गते । वनपाखामा कुहीएर खेर गैरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाईने अल्लो पुवाको प्रसोधन गरेर धागो र कपडा बनाउन थालीएपछि स्थानीयले आयआर्जनको अवसर पाएका हुन् । धौलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुईनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन […]

दोवा सिमी खेतीका लागि प्रसिद्ध

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ मा पर्ने दोवा सिमी खेतीका लागि प्रसिद्ध बनेको छ । स्वादीलो र गुणस्तरीय हुने भएकाले दोवाको सिमी बजारमा प्रसिद्ध बनेको हो । कृषकले बोटबाट नटिप्दै सिमी बिक्री गर्दै आएका छन् । सहरी क्षेत्रका ब्यापारी र उपभोक्ताले बारिमा फलेको सिमी नटिप्दै अग्रीम पैसा दिएर खरिद गरेका […]

गरिमाको साधारणसभा पुस २८ मा

काठमाडौं, पुस ६ । गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले पुस २८ गते ११ औं साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभाबाट प्रस्तावित बोनस शेयर पारित गर्नेछ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्तापूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५ रुपैयाँको १५ प्रतिशत (३३ करोड ६ […]

म्याग्दीमा सुन्तलाको उत्पादन घट्यो

सन्तोष गौतम /न्यूज म्याग्दी ४ पुस । यस वर्ष म्याग्दीको प्रमुख फलफुल बाली सुन्तलाको उत्पादनमा कमी आएको छ । प्रतिकुल मौसम र रोगकिराको समस्याका कारण उत्पादन घटेको कृषकहरुले बताएका छन् । विगतका वर्षको तुलनामा कम फल लागेको र फलेका दाना पनी “फ्रुट फ्लाई” रोगका कारण नटिप्दै झर्ने क्रम बढेपछि कृषक चिन्तीत भएका छन् । सुन्तला […]

म्याग्दी महोत्सवको तयारी तिब्र

सन्तोष गौतम /विकल्प न्यूज बेनी २ पुष । यही महिनाको अन्त्यतिर बेनीमा सुरु हुने छैटौ म्याग्दी महोत्सवको तयारीलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ तयारीको […]

म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

सन्तोष गौतम/ विकल्प म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैङ्कीङ […]

न्यू धौलागिरी सहकारीद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले एक दृष्टिविहीन विद्यार्थीको पढाईका लागि आर्थिक सहयोग गरेको छ । १८ औ वार्षिक साधारणसभा तथा छैठो अधिवेशनको अवसरमा शनिबार बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैयाँ नगद सहयोग गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह […]

म्याग्दी उद्योग वाणिज्य संघको पद बिभाजन

सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार पदभार सम्हालेका छन् । संघको बैठकले पदाधिकारीमा  पदबिभाजन, पाँच जना सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित गरेको छ । बरिष्ठ उपाध्यक्षमा बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्षमा सुविन श्रेष्ठ, दितृय उपाध्यक्षमा राजेश शाक्य , महासचिवमा लिलाराम गौतम, सचिवमा सुवर्ण रिजाल, […]

राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]

समृद्ध म्याग्दीका लागि जलस्रोत,पर्यटन र कृषि लगानीका आधार

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशन शनिबारदेखि बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा पर्यटन, उर्जा र कृषिको आधुनिकीकरणमा लगानी गर्न ईच्छुक रहेको बताउँदै आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । “म्याग्दीका […]

निर्वाचन पछि लगानीको वातावरण ः नीजि क्षेत्र

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कात्तिक ११ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आसन्न मंसिर १० र २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा लगानीको वातावरण सिर्जना हुने बताउनुभएको छ । निर्वाचन पछि राजनीतिक स्थायित्व कायम हुने भएकाले लगानी मैत्री वातावरणका लागि नेपाल उर्वर भूमि हुने उहाँको भनाई छ […]