जलजलामा ईन्भेष्टमेन्ट बैङ्कको शाखा स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
ज्लजला १५ फागुन ।  IMG_6926पर्वतको जलजला गाउँपालिका ४ मोहनचोकमा नेपाल ईन्भेष्टमेन्ट बैङ्कले शाखा स्थापना गरेको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारी, कृषकलाई अत्याधुनीक बैङ्कीङ सेवा उपलब्ध गराउने र स्थानीय तहमा आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङकबाट (क) बर्गको अनुमती पाएको बैङ्कले मोहनचोकमा ६४ औ शाखा स्थापना गरेको हो ।

धौलागिरी क्षेत्रमा पहिलो पटक स्थापना भएको उक्त शाखाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मंगलबार उद्घाटन गर्नुभयो । अध्यक्ष मल्लले तरकारी, फलफुल खेती, पशुपालन, साना उद्योग र ब्यवसाय सञ्चालनका लागि सहज, सरल रुपमा छिटो छरिटो बैङ्कीङ सुबिधा उपलब्ध गराउन आग्रह गर्नुभयो । IMG_6911बैङ्कको शाखा स्थापना भएपछि गाउँपालिकाले सञ्चालन गर्ने योजनाका उपभोक्ता समितिहरुलाई समेत आर्थिक कारोबार गर्न सहज हुने उहाँले बताउनुभयो । गाउँपालिकाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधी, ब्यापारी, सहकारी सञ्चालक र कृषकहरुको उपस्थितीमा शाखा उद्घाटन गरिएको थियो ।

स्थानीय तहको सेवालाई सहज बनाउने र ग्रामिण क्षेत्रमा बैङ्कीङ सेवाको पहुँच पु¥याउन शाखा स्थापना गरेको शाखा प्रबन्धक दिनेश अर्यालले बताउनुभयो । बचत, कर्जा लगानी, रेमिटेन्स भुक्तानी लगायत सबै प्रकारका बैङ्कीङ सेवा उपलब्ध रहेको उहाँले बताउनुभयो ।

पोखरा शाखाका प्रबन्धक धिरज थापाले नेपाली सेनाका भुपुहरुलाई उद्यम व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराइने बताउनुभयो । मोहनचोकमा स्थापना भएको शाखाबाट जलजला गाउँपालिकाको नाग्लीवाङ, धाईरीङ, लेकफाँट, बनौ, शालीजा, मल्लाजका साथै म्याग्दीका सर्वसाधारणले समेत सेवा पाउने जनाइएको छ ।