एनआइसी एशियाको ‘धनवर्षा मुद्धती खाता’, १२ प्रतिशत व्याज

विकल्प न्यूज/बेनी
फागुन २६ गते ।

एनआइसी एशिया बैंकले धनवर्ष मुद्धती खातामा १२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । ‘बैंक पनि, साथी पनि’ मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको बैंकका पर्वत बेनी शाखाका प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो  । 28870780_10155014808245633_4462344641131315200_oग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको उक्त खातालाई री–लञ्च गरिएकोे बैंकले जनाएको छ ।   एक वर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिने क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।  Nic Acia bankयसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहकहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको बैंकले जनाएको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आइरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको बैंकका एटिएम सञ्जालहरु १८३ वटा छन् । ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजार भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ सञ्जाल भएको बैंकको रुपमा एनआइसी एशिया स्थापित भएको छ ।