कपडा तथा फेन्सी व्यवसायी समितिको अधिवेशन सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ फागुन । IMG_7365कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार बेनीमा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष सुवर्ण रिजालको अध्यक्षतामा समितिको कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष रवीप्रसाद शर्मा, सचिवमा तुलसीनाथ सुवेदी (रामप्रसाद), कोषाध्यक्षमा दामोदर शर्मा, सहसचिव कमला जिसी खत्री, सदस्यहरु ईन्द्रप्रसाद सुवेदी, बिष्णुप्रसाद सुवेदी, माधव आचार्य, भिमकुमारी भण्डारी, राजु सुवेदी र रोम खड्का (श्याम) चयन हुनुभएको छ ।

सुवर्ण रिजालको अध्यक्षता तथा स्वागत, रामप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष दामोदर शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, महासचिव लिलाराम गौतम, समितिका सल्लाहकार बिजय श्रेष्ठ र सुनचाँदी व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।