बनपाखामा खेर जाने अल्लो पुवा आम्दानीको माध्यम

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

Allo ko Useवनपाखामा कुहीएर खेर गैरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाईने अल्लो पुवाको प्रसोधन गरेर धागो र कपडा बनाउन थालीएपछि स्थानीयले आयआर्जनको अवसर पाएका हुन् ।

धौलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुईनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर संयौले रोजगारी र आयआर्जन गरीरहेका छन् ।

केही वर्ष अघिसम्म त्यसै कुहीएर खेर जाने गरेको पुवा संकलनमा स्थानीयबासीले चासो दिन थालेका छन् । पुष माघ महिना लोत्ता संकलनको याम हो । स्थानीयबासीका अलावा जंगलमा भेडाबाख्रा र गाईबस्तु चराउन जाने गोठालाहरुले पनि लोक्ता संकलन गरेर अतिरिक्त आम्दानी गरेका छन् ।

अल्लोको पुवा प्रसोधन गरेर धागो र कपडा बनाउने गरिएको छ । म्याग्दीको ताकम, दरवाङ, बेनी, चिमखोला लगायतका ठाउँमा विभिन्न व्यक्ति र समूहले अल्लो प्रसोधन उद्योग सञ्चालन गरेका छन् ।

जंगलबाट ल्याएको पुवालाई तातोपानीमा पकाएर सुकाएपछि स सानो रेशा निस्कने गर्छ । त्यसलाई चर्खामा घुमाएर धागो बनाउने गरिएको बेनीको मुग्लानी अल्लो कपडा उद्योगका सञ्चालक खोजेन्द्र मल्लले बताउनुभयो । सो धागोबाट कपडा तयार पारी कोट, झोला, पर्स, सल र स्वीटर बनाउन सकिन्छ ।

बलीयो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा सितल हुने अल्लोका कपडाको माग बढेको धौलागिरी गाउँपालिका ७ धारापानीको नेचुरल नेप्लीज ह्याण्डी क्राफ्ट प्रोडक्ट एण्ड मार्केटीङ प्रालीका सञ्चालक किरन थापाले बताउनभुयो ।

उद्यमीहरुका अनुसार बलीयो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा सितल हुने अल्लोका कपडाको माग बढेको छ । गत चैतमा सञ्चालनमा आएको उक्त उद्योगबाट हालसम्म तिन लाख रुपैयाको अल्लो कपडा बिक्री भैसकेको छ ।

थप चार सय मिटर कपडा बिक्री हुन बाँकी रहेको र बजारको खोजी भैरहेको थापाले बताउनुभयो । प्रतिमिटर अल्लोका कपडा गुणस्तर अनुसार ४०० देखि ८५० रुपैयाँका दरले बिक्री हुने गरेको छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।