बेनीमा सिद्धार्थ बैंकको नयाँ शाखा उद्घाटन

विकल्प न्यूज/बेनी
माघ २१ गते । DSC_0093सिद्धार्थ बैंक लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । आइतवार एक विशेष समारोहका बीच बैंकले बेनीको न्यूरोडमा शाखाको औपचारिक उद्घाटन गरेको हो ।

शाखाको उद्घाटन बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा गर्नुभएको थियो ।

शाखाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले उत्पादनशिल क्षेत्रमा बैकले लगानी वढाउनुपर्ने बताउनुभयो । गरिव र विपन्न बर्गका लागि बैंकले सरल र सुलभ कर्जा प्रवाह गर्नुपर्ने प्रमुख श्रेष्ठको सुझाव थियो । DSC_0103कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले व्यवसायिहरुलाई सहज र सरल तरिकाले वैकिङ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको आर्थिक विकास र समृद्धिलाई ध्यानमा राखेर बैंकले कर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शाखा मार्फत म्याग्दीवासीहरुलाई सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको थियो । बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेलले शाखा मार्फत् बिपन्न वर्गको उत्थानका लागि सरल सिद्धार्थ कर्जा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । बैंकको आठ अरब ५० करोड चुक्ता पूँजी रहेको उहाँले बताउनुभयो । उद्यमशिल युवाहरुलाई स्रोतको अभाव हुन नदिने बैंकको नीति भएको सिइओ कँडेलको भनाई थियो । DSC_0096उहाँले स्थानीय तह सँग समन्वय र सहकार्य गर्दै जिल्लाको उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्ने नीति बैंकले लिएको उहाँले बताउनुभयो । बैंकले पाँचलाख ग्राहक मार्फत ८७ अरब निक्षेप संकलन र ७७ अरब कर्जा प्रवाह गर्नुका साथै गत आवमा ७७ करोड खुद आम्दानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

यसै विच शाखा उद्घाटनको अवसर पारेर बैंकले गलेश्वर क्षेत्र विकास कोषले सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई दुइलाख ११ हजार एकसय एघार रुपियाँको अक्षयकोष स्थापनाका लागि कोषका अध्यक्ष रुद्रवहादुर कार्कीलाई रकम हस्तान्तरण गरिएको थियो । DSC_0107दश स्थानीय तहमा शाखा विस्तार गरेको बैंकको बेनी शाखा सँगै देशभर ९५ शाखा सञ्चालनमा रहेको जनाइएको छ ।