ताजा समाचार:
Search

दोवा सिमी खेतीका लागि प्रसिद्ध

विकल्प न्यूज/बेनी
पुस १३ गते ।

dova 3म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ मा पर्ने दोवा सिमी खेतीका लागि प्रसिद्ध बनेको छ । स्वादीलो र गुणस्तरीय हुने भएकाले दोवाको सिमी बजारमा प्रसिद्ध बनेको हो । कृषकले बोटबाट नटिप्दै सिमी बिक्री गर्दै आएका छन् ।

सहरी क्षेत्रका ब्यापारी र उपभोक्ताले बारिमा फलेको सिमी नटिप्दै अग्रीम पैसा दिएर खरिद गरेका हुन् । बजारमा माग अनुसारको सिमी पु¥याउन कृषकलाई धौ–धौ परेको छ । दाल र अचार बनाउन प्रयोग हुने सिमीले बजार र राम्रो मूल्य पाउन थालेको छ ।

बेनी, पोखरा, चितवन र राजधानी काठमाडौका होटल व्यवसायी र ब्यापारीले टिप्नु अघिनै पैसा दिएर सिमी खरिद गर्ने गरेको स्थानीय किरन पुर्जाले बताउनुभयो । दोवाका अधिकांश कृषकले बारीमा सिमी खेती गर्छन् । लहरेबाली सिमीको जराले नाईट्रोजन आपूर्ती गर्ने भएकाले माटोमा अम्लिीयपना घटाउन समेत उपयोगी मानिन्छ । Doba Villageदोवामा खेती हुने छिर्केमीर्के जातको सिमी स्वादीलो, गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाईमा परेको हो । गाउँमा सडक सुबिधा पुगेपछि दोवामा उत्पादन भएको सिमी र बदाम बेनी, पोखरा र काठामाडौको बजारमा पुग्न थालेको छ । गाउँमा प्रतिपाथी पाँच सय पचास रुपैयाका दरले सिमी बिक्री हुन्छ ।

बेनी पु¥याउदाँ सात देखि आठ सय रुपैयाँ मूल्य पर्छ । दोवाका कृषकले बदाम र सिमी बेचेर वार्षिक तिस लाख रुपैयाँ गाउँमा भित्र्याउने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यसपाली सिमीको उत्पादन घटेको कृषकहरुले बताएका छन् । राम्रो आम्दानीको सम्भावना भएपनि कृषकहरुमा चेतनाको कमीका कारण सिमी खेती व्यवसायिक र व्यवस्थित भने बन्न सकेको छैन् ।

परम्परागत तरीकाले सिमी खेती गर्दै आएका छन् । गुणस्तरीय विउ, रोगकिराको व्यवस्थापन र सुरक्षिण भण्डारणको व्यवस्था गर्न सकेमा उत्पादन बढाउन सकिने सम्भावना छ । कृषकहरुले माग गरेमा सिमी खेतीको विकास र प्रर्वद्धनका लागि वडा र गाउँपालिकाबाट योजना तथा कार्यक्रम बनाउन सकिने वडा अध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो ।