सिद्धार्थ बैंकद्धारा जेष्ठ नागरिक आश्रमलाई दुइलाख सहयोग

विकल्प न्यूज/बेनी
माघ २१ गते । 
DSC_0107 बेनी नगरपालिका ९ स्थित गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रमलाई बेनीमा रहेको सिद्धार्थ बैंकले दुइलाख ११ हजार एकसय ११ रुपियाँ सहयोग गरेको छ ।
आइतवार बैंकको शाखा उद्घाटनको अवसर पारेर बैंकले गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रवहादुर कार्कीलाई उक्त रकम हस्तान्तरण गरेको बेनी शाखाका प्रबन्धक गणेश पाठकले जानकारी दिनुभयो ।

आश्रम सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले अक्षय कोषका रुपमा रहने गरि रकम सहयोग गरिएको बैंक सञ्चालक समितिका सदस्य विरेन्द्र कुमार शाहले बताउनुभयो ।
गलेश्वर क्षेत्र विकास कोषले चन्दा सहयोग जुटाएर जेष्ठ नागरिक आश्रम सञ्चालन गर्दै आएको छ । आश्रममा अहिले ४५ जना जेष्ठनागरिकहरु छन् ।