पर्वत बेनीमा एनआईसी एशियाको शाखा स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
पर्वत २३ माघ । Nic Acia bankपर्वतको जलजला गाउँपालिकामा बैङ्कको शाखा खुलेको छ । एनआईसी एसीया बैङ्कले जलजला गाउँपालिका ३ पर्वत बेनीमा शाखा विस्तार गरेर बैङ्कीङ सेवा प्रवाह सुरु गरेको हो ।

सबै स्थानीय तहमा बैङ्कीङ सेवा पु¥याउने सरकारको लक्ष्य अनुसार जलजला गाउँपालिकालाई लक्षित गरेर शाखा स्थापना गरेको बैङ्कले जनाएको छ । म्याग्दीसंग सिमाना जोडीएको र तिब्र रुपमा बजारीकरण भैरहेको जलजला गाउँपालिकामा शाखा खोल्ने एनआईसी एसीया पहिलो बैङ्क बनेको छ ।

पर्वत बेनीमा खुलेको एनआइसीको १६५ औ शाखा हो । प्रबिधिको प्रयोग गरेर छिटो, छरीतो र सहज रुपमा निक्षेप संकलन, कर्जा प्रवाह, रेमिटेन्स, एटीएमसंगै सेयर कारोबारका लागि डिम्याट खाता सञ्चालनको समेत सुबिधा दिइने शाखा प्रबन्धक पौडेलले बताउनुभयो ।

पर्वत बेनीमा बैङ्कको शाखा खुलेपछि जलजला गाउँपालिकाको धाईरीङ, शालीजा, लेकफाँट, बनौ, नाग्लीवाङ, माझफाँट, बाँसखर्कका सर्वसाधारणलाई बैङ्कीङ सेवा उपभोगका लागि सहज भएको छ । यसअघि उनिहरु बैङ्कीङ सेवाका लागि म्याग्दी बेनी, कुश्मा र बागलुङ पुग्ने गरेका थिए ।

गाउँपालिकाको खाता सञ्चालन समेत वारीबेनीबाट गर्ने तयारी भएको छ । जसका कारण उपभोक्ता समितिहरुलाई योजनाको भुक्तानीका लागि बेनी, कुश्मा पुग्नु नपर्ने गाउँ कार्यपालीकाका प्रबत्ता रबी भण्डारीले बताउनुभयो । बैङ्कको शाखा भएपछि कृषक, ब्यापारीहरुलाई पनि कर्जा, निक्षेप र आर्थिक कारोबारका लागि सहज भएको हो ।