समाचार

पम्पवालाको दादागिरीका कारण, म्याग्दीमा इन्धन लिनै सास्ती

संविधानसभाबाट नेपालको संविधान २०७२ घोषणा भए लगत्तै मधेशी समुदायले संविधानको विरोध गर्दै तराइमा आन्दोलन गरेका छन् । तराइ आन्दोलनका कारण भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । अघोषित नाकाबन्दीका कारण मुलुकभर इन्धनको अभाव सिर्जना भएको छ । इन्धन अभावका कारण नागरिकको जनजिवन नराम्रोसँग प्रभावित भएको छ । इन्धन अभावले म्याग्दीको जनजिवनमा पनि नराम्रो सँग […]

युवा संघको अधिवेशन मंसिर अन्तिम साता

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दशौं जिल्ला अधिवेशन आगामी मंसिरको अन्तिम साता हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी अन्तर्गतको मोर्चा सङ्गठन विभागले शनिबार बेनीमा आयोजना गरेको भेलाद्वारा संघको दशौं अधिवेशन आउँदो मंसिर २६ र २७ गते बेनीमा गर्ने निर्णय गरिएको हो । उक्त भेलाले अधिवेशन […]

आयआर्जनमा लगानी गर्न महिला समूहलाई रकम वितरण

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले आयमूलक कार्यक्रमका लागि रकम वितरण गरेको छ । कार्यालयद्वारा जिल्लाको विभिन्न ३ ओटा गाविसमा क्रियाशिल रहेका पावर महिला समूहहरुलाई आयआर्जनमा लगानी गर्ने उद्देश्यले रकम वितरण गरिएको हो । कार्यालयले आर्थिक वर्ष २०७२÷७३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजनातर्फको […]

‘चीनबाट १५ दिनमा ५० लाख सिलिण्डर ग्यास ल्याउन सक्छौँ’– व्यवसायी

भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ।   सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय यहाँ सार्वजनिक गर्दै सरकारले सहयोग गरे १५ दिनमा ५० लाख सिलिण्डर चीनबाट ल्याउन सकिने उनीहरुले दाबी […]

‘छोराको जन्मदिन मनाउने राजेन्द्रको धोको अधुरै’

शनिबार छोरा सङराज केसीको जन्मदिन थियो । घरमा जन्मदिन मनाउने भब्य तयारी भइरहेको थियो ।पहिलोबर्षमा प्रवेश गरेका सङराजको जन्मदिनमा सहभागि हुन मुस्ताङ पुगेका राजेन्द्र केसी समेत आफ्नो दाईभाउजुसंग घर फर्कदै थिए । घरबाट छोराले तोते बोलीमा बाबालाई बोलाइरहेको थियो । शुक्रबार मुस्ताङ पुगेका उनिहरू घुमेर शनिबार घर फर्कदै गरेका बेनी नगरपालिका–७ भिमसेन टोलका यूवा राजेन्द्रको […]

बिहारमा नीतिश-लालु गठवन्धनलाई दुई तिहाइ बहुमत !

२२ कात्तिक, काठमाडौं । विहार विधानसभा चुनावमा नीतिशकुमार र लालु यादवको गठवन्धनले दुई तिहाइ बहुमत ल्याउने संकेत देखिएको छ । जारी मत परिणाममा नीतिश-लालुको गठवन्धनले १६८ सिटमा अग्रता लिएको छ । यो अग्रता अन्तिमसम्म कायम रहे महागठवन्धनले दुई तिहाइ ल्याउनेछ । २४३ सदस्यीय विधानसभामा १६२ सिट ल्याए दुई तिहाइ पुग्छ । केन्द्रीय सत्तारुढ भारतीय जनता […]

वैसरी पहिरो पीडितलाई रकम हस्तान्तरण

प्रताप बानियाँ \ कात्तिक २२ गते । म्याग्दीको भगवती २ बैंसरी र राम्चे ९ काफलडाँडाका पहिरोपीडितहरुका लागि आर्थिक सहयोग सङ्कलन भएको छ । म्याग्दी सेवा समिति दक्षिण कोरियाको सक्रियतामा रोजगारको सिलसिलमा कोरियामा पुगेका नेपालीहरुमार्फत आर्थिक सङ्कलन गरिएको हो । सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी कोरियामा सङ्कलित नगद २ लाख ३५ हजार रुपैयाँ ओमकुमारी शान्ति […]

मुस्ताङमा जीप दुर्घटना, १ को मृत्यु ५ घाईते हरिकृष्ण गौतम\नवविकल्प \बेनी कात्तिक २२ गते । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दी आउँदै गरेको जीप शनिबार साँझ लेते– १ घाँसास्थित थाप्ल्याङ खोलामा दुर्घटनामा परेको छ । पारिवारिक भ्रमणको सिलसिलामा मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरी घर फर्कने क्रममा ग १ च ९३६९ नम्बरको बोलेरो जीप म्याग्दीको दाना गाविस संग […]

पश्चिम म्याग्दीमा नयाँ संविधान वारे प्रशिक्षण

नयाँ संविधानका वारेमा जिल्लाका पश्चिम भेगका नागरिकहरुलाई प्रशिक्षण दिइएको छ । स्थानीय शान्ति समितिले नागरिकहरुलाई संविधानका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । पश्चिम म्याग्दीको दरबाङमा एक कार्यक्रमकाबीच अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समिति म्याग्दीको आयोजनामा गएको असोज ३ गते जारी भएको नेपालको संविधान–२०७२ को सम्बन्धमा प्रशिक्षण कार्यक्रम गरिएको स्थानीय […]

नेपाल-चीनबीच २० बुँदे सम्झौता, चाँडै नै ७ नाका पुन सञ्चालनमा आउने

विकल्प\कार्तिक १९ काठमाडौं । भारतको नाकाबन्दी खेपेको नेपालीलाई तत्काल राहतको लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताको साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । दुवै नाकालाई थप सशक्त र सवल बनाएर अघि बढाउन […]

बेनीमा इन्धन वितरण (फोटोकथा) वितरण प्रणाली व्यवस्थित नहुँदा उपभोक्ताहरुले दुःख पाएको गुनासो ।

मुस्ताङको कोरल्लामा भन्सार कार्यालय खोल्न चीन तयार

विकल्प\कार्तिक १९ काठमाडौं । मुस्ताङको कोरल्ला नाकामा भन्सार कार्यालय खोल्न चीन तयार भएको छ । यसका साथै चीनले नेपालसँगको थप छ वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो । यसअघि धौलागिरीवासीहरुले मुस्ताङको कोरल्ल नाका सञ्चालनको माग गर्दै आएका थिए […]

भारतले जेनेभामा नेपालको द्वन्द्वकालीन मुद्दा उठायो

   १९ कात्तिक, काठमाडौं । नेपालका अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालका माओवादीलाई निशाना बनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारसम्वन्धी छलफलमा भारतले यहाँका माओवादीलाई लक्षित गरेर द्वन्द्वकालीन घटनाको विषय उठाएको छ । भारतले अन्तराष्ट्रिय फोरममा नेपालको द्वन्द्वकालीन विषयलाई मानवअधिकारसँग जोडेर प्रश्न उठाएको सम्भवतः यो पहिलोपटक हो । यसअघि पश्चिमा देशहरुले मात्रै […]

महिलाहरुलाई आधारभूत तालिम

प्रताप बानियाँ \नव विकल्प म्याग्दी, कार्तिक १७ – महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलाहरुका लागि जिल्लास्तरीय आधारभूत तालिम शुरु भएको छ । विभिन्न सिप सिकाई महिलाहरुलाई व्यवसाय शुरु गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एक हप्तासम्म चल्ने तालिममा महिला विकास कार्यक्रम, समूह गठन, बचत परिचालन, नेतृत्व, सञ्चारका सिपहरु, प्रजनन स्वास्थ्य, सुरक्षित […]

सडक दुर्घटनामा घाईते विष्णु गुरूङको दम्पत्तीलाई आर्थिक सहयोग

बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालीका–१४ नयाँ पुलमा माईक्रोबस दुर्घटनामा घाईते एक महिलालाई कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा घाईते भएकी विष्णु गुरूङको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत हस्तान्तरण गरेको हो । सहकारीका सञ्चालक, सेयरसदस्यबाट ७७ हजार ५ सय, सहकारीले ३० हजार संकलन […]