बेनीमा १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु

म्याग्दी,मंसिर ९ गते ।
बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने उपबिजेता पहिलो खेलबाटै बाहिरीएको छ ।

DSC04341

भिम मावि देविस्थानलाई शून्यका बिरुद्ध ३ गोल गर्दै माउन्ट एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेको हो । न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि र बेनी आवाशिय मावि बिच भएको खेलको निर्धारीत समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा वेष्ट प्वाईन्टले ६ का विरुद्ध ७ गोल गर्दै बेनी आवाशिय मावि बाहिरीएको हो ।

प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमश नगद २० र १० हजार रुपैयाँ सहित रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष नवराज पौडेलले बताउनुभयो । यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधीक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासीत टिमलाई पनि नगद एकएक हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । सन्तोष गौतम