म्याग्दीमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

म्याग्दी,
मंसिर ९ गते । म्याग्दीमा आगामी माघ ५देखि ९ गतेसम्म दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिले बुधबार साझ गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।

DSC06600
पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विश्वकर्माले जिल्लामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको प्रतिभालाई थप विकास गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रतियोगितालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न १० वटा उपसमिति गठन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि करिब ८ लाख रुपैयाँ खर्च लाग्ने भएकाले आर्थिक सकलन अभियान सुरु गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

मंसिर १५ देखि गतेदेखि जिल्लाभरका विद्यालयहरुमा पत्राचार गरिने र माघ ४ गते बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र फिल्ड ट्रयाक विधामा खेल सञ्चालन गरिने बताईएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद ५० हजार, द्धित्तिय हुनेलाई ३५ हजार र तृत्तिया हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ । तीन वटै विधाबाट प्राप्त अँकको आधारमा विद्यालयलाई विजेता घोषणा गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

DSC06603
प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख र जिल्ला विकास समितिबाट १ लाख रुपैयाँ सहयोग प्राप्त हुने र बाँकी व्यक्तिगत र संस्था रुपमा आर्थिक संकलन गरिने खेलकुद विकास समितिले जनाएको छ । यसैबीच, प्रतियोगिता सञ्चालन गर्नुभन्दा अघि बेनीस्थित खुलामञ्च मर्मत सम्भार र प्यारफिट निर्माण गरिने भएको छ । खेलमैदानको म्याग्दी खोलाको भागमा ग्याविन भर्ने र प्रवेशद्धारमा प्याराफिट निर्माण गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । त्यसका लागि राखेपले नगद ५ लाख बजेट उपलब्ध गराएको र जिल्ला विकास समितिले पनि थप बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएको बताईएको छ । पत्रकार सम्मेलनको सञ्चालन जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिनेश केसीले गर्नुभएको थियो ।