कर्मचारी संगठनको अध्यक्षमा पाल

विकल्प
म्याग्दी मंसिर ७ गते ।
बेनीमा सोमबार सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशनले दिपकलाल पालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मेखबहादुर हमाल, सचिवमा सुवास रेग्मी, सहसचिव चेतनाथ सुवेदी र कोषाध्यक्षमा केशव बराल चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा गोविन्द रेग्मी, नारायण दर्लामी, कृष्णबहादुर बिक र रुपा बिक रहनुभएको छ ।

DSC04054

अधिवेशनमा मन्तब्य व्यक्त गर्दै संगठनका केन्द्रिय सचिव यमप्रसाद बस्याल र एकिकृत नेकपा माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरेले जनपक्षिय र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षता, दिपकलाल पालको सञ्चालन र मेखबहादुर हमालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा पर्वत जिल्ला कार्यसमितिका सचिव धर्मराज जैसीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।