एमाले शिख गाउँ कमिटी अध्यक्षमा ः पाईजा

प्रताप वानियाँ/विकल्प
मंसिर ६ गते ।
नेकपा एमाले शिख गाउँ कमिटीको शनिबार शिखमा सम्पन्न प्रथम गाउँ अधिवेशनले कृष्णबहादुर तिलिजाको अध्यक्षतामा १३ सदस्यीय नयाँ गाउँ कमिटी चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा दुर्गाबहादुर खाती, सचिवमा तेसबहादुर पूर्जा र उपसचिवमा यामसिरी तिलिजा रहेका छन् ।

12289720_922517154481948_6404468521593546915_n
कमिटीको सदस्यहरुमा खेमबहादुर पाईजा, भूवन पूर्जा, मनबहादुर तिलिजा, चन्द्रबहादुर पाईजा, दुर्गाबहादुर तिलिजा, पूर्णबहादुर पाईजा, वालमाया नेपाली, मालचन्द्र तिलिजा र चन्द्रबहादुर पाईजा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले देश एमालेको नेतृत्वमा अघि बढेको बताउँदै अब देशको पूनर्निर्माण र आर्थिक विकास अघि बढ्ने बताउनुभयो । उहाँले भारतले लगाएको नाकाबन्दीको अन्त्यका लागि कूटनीतिक पहल भैरहेको भन्दै इन्धन, खाद्यान्न र औषधीजन्य बस्तुको आयात गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले लामो समयको प्रतिक्षापछि देश र जनताले नयाँ संविधान पाएपनि भारतले लगाएको नाकाबन्दीका कारण खल्लो महशुस भएको बताउनुभयो । उहाँले नाकाबन्दीको सर्वत्र विरोध गर्नुपर्ने भन्दै दैनिक उपभोग्य सामानको आपूर्तिका लागि विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रमको अवसरमा नेपाली काँग्रेस र एमाओवादीका ३२ जना स्थानीय नेता तथा कार्यकर्ताले उक्त पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा भूवन पूर्जा, राजन श्रीपाली, भास्कर गर्बुजा, डगराज गर्बुजा, पितम विक, बहादुर विक, खुईली नेपाली, सुशीला नेपाली, टिका विक र अनिल बुदुजा रहेका छन् ।
यसैगरी नरबहादुर नेपाली, सबहादुर नेपाली, खड्गे खाती, भक्तबहादुर तिलिजा, भरत पाईजा, गोकुल तिलिजा, सन्दीप पाईजा, सनम पाईजा, कमलसिं पाईजा, चुमबहादुर तिलिजा, ध्रुव तिलिजा, प्रेमबहादुर गर्बुजा, बालकृष्ण पूर्जा, कृष्णबहादुर फगामी र नरेन्द्र पूर्जा रहेका छन् ।
त्यस्तै रेशम पूर्जा चन्द्र पाईजा, लेकबहादुर तिलिजा, चन्द्रबहादुर पाईजा, खेमबहादुर पाईजा, रामबहादुर गर्बुजा र शारदा पुन रहेका छन् । उनीहरुलाई एमाले वैकल्पिक केन्द्रीय सदस्य थापा र जिल्ला अध्यक्ष श्रेष्ठलगायतले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा विगत लामो समयदेखि एमालेमा क्रियाशिल रहेर पार्टीको काम गरेको भन्दै ८५ वर्षीय कृष्णबहादुर पाईजालाई सम्मान गरिएको छ ।

कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, जिल्ला सदस्य नारायण पुन, सल्लाहकार भीमबहादुर पुन, खड्ग गिरी, मनबहादुर तिलिजा, इलाका ५ का संयोजक ठाकुर बरुवाल, अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, एमाले घार गाउँ कमिटी अध्यक्ष राजाराम बरुवाल र दलित सञ्जाल शिखका दुर्गाबहादुर खातीले मन्तव्य राखेका थिए ।
कार्यक्रम कृष्णबहादुर तिलिजाको अध्यक्षता, तेसराम पूर्जाको स्वागत र वेगप्रसाद तिलिजाको सञ्चालनमा सम्पन्न भएको थियो ।