बेनीमा ग्यास आउँदै, कार्ड प्रणालीबाट वितरण गरिने

विकल्प/ठाकुरप्रसाद आचार्य
लामो समय पछि म्याग्दीको सदरमुकाम बेनीबजारमा खाना पकाउने एलपी ग्यास आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त पहलमा आधा भरिएका पाँचसय शिलिण्डर ग्यास आउने भएको हो ।

DSC06568

बुधवार बेलुका सम्म पोखराको गृह लक्ष्मी ग्यास बेनीबजारमा भित्रिने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । ग्यास आउने भएपछि कसरी वितरण गर्ने भन्ने वारेमा सरोकारवाला पक्षहरु विच छलफल चलिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वपक्षिय वैठकले ग्यास वितरणका लागि उपभोक्ता कार्ड बनाउने निर्णय गरे अनुसार उद्योग वाणिज्य संघले उपभोक्ता कार्ड बनाउन लागेको कार्यालय सचिब दिलिप पुनले जानकारी दिनुभयो ।

बेनीमा रहेका २१ वटा ग्यास विक्रेता मार्फत कार्ड वितरण हुने सचिव पुनले बताउनुभयो । कार्ड प्रेसमा छाप्नका लागि दिएका छौ सचिव पुनले भन्नुभयो, तयार भएपछि बजारमा उपभोक्ताहरुलाई माइकिङ गरेर जानकारी गराउँछौ ।’ग्यास विक्रेता मार्फत कार्ड वितरण गर्ने तयारी भएको छ र्।

आ–आफ्ना ग्यास लिने विक्रेताकहाँ सम्पर्क गर्न उपभोक्ताहरुलाइ संघले सूचना जारी गरेको छ ।
ग्यास भित्रिएपछि ग्यास बाडिने स्थानमा उपभोक्ताहरु लाइनमा वस्नुपर्ने छ । पाँचसय भित्र लाइनमा वस्ने उपभोक्ताहरुले ग्यास पाउने छन् । यसपाली नपाउने अन्य उपभोक्ताहरुलाई अर्को पटक पाउने छन् ।

ग्यासलाई पारदर्शी तरिकाले विक्रि वितरण गर्नका लागि संघले पहल गरेको संघका महासचिव राजेश शाक्यले बताउनुभयो । बजारमा धेरै माग छ । मागलाई कसरी व्यवस्थित तरिकाले वितरण गर्ने भन्नेमा हामीहरु निरन्तर छलफल गरिरहेका छौ, शाक्यले भन्नुभयो ।
क्षेत्रिय प्रशासन कार्यालयले म्याग्दीलाई तिनसय ग्यास शिलिण्डर बेनीलाई छुटएको हो तर हामीहरु सवैले पहल गरेपछि पाँचसय दिन तयार भएको छ । थोरै शिलिण्डर आउदा झन ठूलो समस्या आउने भएपनि उपभोक्ताहरुलाई राहत दिन खोजेका छौ, संघका द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठले भन्नुभयो ।

अहिले बजारमा कम्तिमा पनि तिन हजार शिलिण्डरको आवश्यकता भएको श्रेष्ठले बताउनुभयो । उपभोक्ताको माग अनुसार आयत गर्न संभव नदेखिएकाले तत्कालका लागि पाँचसय शिलिण्डर भएपनि ल्याउन लागिएको उहाँको भनाई छ ।
आज साझ सम्म खालि शिलिण्डर पोखरा ग्यास उद्योगमा पठाउने तयारी भएको छ । सुरक्षाको व्यवस्था गरेर ग्यास बेनीमा ल्याइने तयारी भएको छ ।
ग्यास आउने भएपछि सर्वसाधारण उपभोक्ताहरुको बजारमा चहलपहल हुनथालेको छ । नयाँ संविधान बने लगत्तै भारतीय पक्षले गरेको नाकाबन्दीका कारण म्याग्दीमा विगत दुइमहिना देखि ग्यास आउन सकेको छैन । ग्यासको अभावमा सर्वसाधारणहरुको दैनिक जनजिवन नराम्रो सँग प्रभावित भएको छ । फाइन तस्विर