समाचार

बेनीमा लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्ती मनाइयो

सन्तोष गौतम / विकल्प म्याग्दी २५ कात्तिक । म्याग्दीका साहीत्यकारहरुले बुधबार विभिन्न कार्यक्रम गरेर महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्ती मनाएका छन् । देवकोटाको जन्म जयन्तीको अवसर पारेर बेनीमा दुई वटा कृतीको पनि बिमोचन गरिएको छ । साहित्यकार सञ्जयकुमार श्रेष्ठद्धारा लिखित कथा संग्रह ‘सम्मान र ताली’ तथा शिव सस्मीतको गजल संग्रह ‘बहाव’को बिमोचन गरिएको हो […]

राष्ट्रसंघले भन्यो-नेपालको पारवहन अधिकार हनन् भयो

२५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथि लगाइएको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको भन्दै तत्काल नाकाबन्दी हटाउन आग्रह गरेका छन् । साथै वानले पहिलोपटक भूपेरिवेष्ठित मुलुकका रुपमा नेपाल पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन् भएको प्रतिसमेत चिन्ता जनाएका छन् । महासचिव वानका प्रवक्ताले बुधबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा नेपाल-भारत सीमा क्षेत्रमा भइरहेको […]

म्याग्दीमा नयाँ शक्ति

नयाँ शक्तिको निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति गठनको अभियान चलिरहेको अवस्थामा म्याग्दीमा फेसबुकबाट नयाँ शक्तिको अभियान सुरु भएको छ । जिल्लामा भट्टराई पक्षदर मानिएका नेताहरू चुपाचाप रहेको अवस्थामा फेसबुकमार्फत जिल्लामा पत्रकार, नागरिक समाज, ब्यापारी लगाएतलाई फेसबुकबाट साथीको निम्तो दिइएको छ । फेसबुकमा ३ सय ७६ साथी बनाइसकेको छ भने त्यहाँ […]

सांसदहरुद्वारा चियापान तथा शुभकामना आदानप्रदान

विकल्प /म्याग्दी कात्तिक २४ गते । व्यवस्थापिका संसदमा म्याग्दीबाट प्रतिनिधित्व गर्ने म्याग्दीका सांसदहरु नवराज शर्मा र नरदेवी पुनले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली, नेपाल संवत्, छठपर्व तथा नयाँ संविधान जारी भएको अवसर पारेर उनीहरुले मङ्गलबार बेनीमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद नवराज शर्माले अहिलेको नाकाबन्दीलाई […]

उपभोक्ताको तिव्र गुनासो आएपछि प्रशासनद्वारा बजारको अनुगमन

विकल्प / म्याग्दी, कार्तिक २४ म्याग्दीका उपभोक्ताहरुले बजारमा कालोबाजारी वढेको भन्दै तिव्र गुनासो गर्न थालेपछि जिल्ला प्रशासनले सदरमुकाम बेनीबजारमा सञ्चालनमा रहेका विभिन्न पसलहरुको मङ्गलबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्रहरी कार्यालय, कृषि विकास, नागरिक समाज, उद्योग वाणिज्य संघ र पत्रकारको टोलीमार्फत संयुक्त रुपमा खाद्यान्न पसलको अनुगमन गरिएको हो । अनुगमन टोलीले बेनीबजारका […]

विद्युतको माग बढ्यो, मितव्ययिता अपनाउन प्राधिकरणको आग्रह

  कार्तिक २४ गते / तिहारको समयमा अत्यधिक विद्युत माग हुने भएकाले प्रयोगमा मितव्ययिता अपनाउन नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको अवस्थामा खाना पकाउनका लागिसमेत विद्युत्कै प्रयोग भइरहेको र बत्तीको पर्व तिहारमा माग बढी हुने भएकाले कम प्रयोग गर्न जोड दिएको हो । माग बढी हुँदा आपूर्ति […]

शान्ति समाजको केन्द्रिय परिषद् बैठक गलेश्वरमा हँुदै

सन्तोष गौतम / विकल्प म्याग्दी २४ कात्तिक । शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि क्रियाशिल स्वमसेवी संस्था मानव तथा शान्ति समाजको १८ केन्द्रिय परिषद् बैठक आगामी मंसिर ४ र ५ गते म्याग्दीमा हुने भएको छ । समाजको म्याग्दी शाखाको आतिथ्यतामा मंसिर ४ गते बेनीमा उद्घाटन गरि ५ गते गलेश्वरमा सञ्चालन हुने बैठकको तयारी तिब्र […]

प्रधानमन्त्रीको विशेष घोषणा आज नहुने

  नवविकल्प /२४ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा गर्ने भनिएको सन्देश समय अभाव र तयारी अपुगका कारण नहुने भएको छ । ओलीले आफू प्रधानमन्त्री निर्वाचित भएपछिको संकटपूर्ण अवस्था र आफूले गर्न लागेका प्रमुख कामहरुको बारेमा जनतालाई जानकारी गराउने बताएका थिए । आज देशबासीका नाममा सम्बोधन आउने सम्भावना कम रहेको प्रधानमन्त्रीका प्रेस […]

अठार वर्ष पछि फर्कियो खुसी

हरिकृष्ण गौतम /नवविकल्प एउटा पुरानो भनाई नै छ । परिवारमा पुरुष शिक्षित भए आफुँमात्रै र आमा शिक्षित भए त्यस परिवार नै शिक्षित रहने र परिवार चलाउन सक्छ । त्यस्तै भएको छ म्याग्दीको बेनी नगरपालिका–४ ज्यामरुककोट दारिमपाँटामा ।१८ बर्ष अगाडी घरबाटै हराएको छोरालाई खोज्न सफल भएकी छिन् लक्ष्मी खत्री । १५ बर्षको उमेरमा बेपत्ता भएको छोराको […]

पम्पवालाको दादागिरीका कारण, म्याग्दीमा इन्धन लिनै सास्ती

संविधानसभाबाट नेपालको संविधान २०७२ घोषणा भए लगत्तै मधेशी समुदायले संविधानको विरोध गर्दै तराइमा आन्दोलन गरेका छन् । तराइ आन्दोलनका कारण भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । अघोषित नाकाबन्दीका कारण मुलुकभर इन्धनको अभाव सिर्जना भएको छ । इन्धन अभावका कारण नागरिकको जनजिवन नराम्रोसँग प्रभावित भएको छ । इन्धन अभावले म्याग्दीको जनजिवनमा पनि नराम्रो सँग […]

युवा संघको अधिवेशन मंसिर अन्तिम साता

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दशौं जिल्ला अधिवेशन आगामी मंसिरको अन्तिम साता हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी अन्तर्गतको मोर्चा सङ्गठन विभागले शनिबार बेनीमा आयोजना गरेको भेलाद्वारा संघको दशौं अधिवेशन आउँदो मंसिर २६ र २७ गते बेनीमा गर्ने निर्णय गरिएको हो । उक्त भेलाले अधिवेशन […]

आयआर्जनमा लगानी गर्न महिला समूहलाई रकम वितरण

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले आयमूलक कार्यक्रमका लागि रकम वितरण गरेको छ । कार्यालयद्वारा जिल्लाको विभिन्न ३ ओटा गाविसमा क्रियाशिल रहेका पावर महिला समूहहरुलाई आयआर्जनमा लगानी गर्ने उद्देश्यले रकम वितरण गरिएको हो । कार्यालयले आर्थिक वर्ष २०७२÷७३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजनातर्फको […]

‘चीनबाट १५ दिनमा ५० लाख सिलिण्डर ग्यास ल्याउन सक्छौँ’– व्यवसायी

भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ।   सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय यहाँ सार्वजनिक गर्दै सरकारले सहयोग गरे १५ दिनमा ५० लाख सिलिण्डर चीनबाट ल्याउन सकिने उनीहरुले दाबी […]

‘छोराको जन्मदिन मनाउने राजेन्द्रको धोको अधुरै’

शनिबार छोरा सङराज केसीको जन्मदिन थियो । घरमा जन्मदिन मनाउने भब्य तयारी भइरहेको थियो ।पहिलोबर्षमा प्रवेश गरेका सङराजको जन्मदिनमा सहभागि हुन मुस्ताङ पुगेका राजेन्द्र केसी समेत आफ्नो दाईभाउजुसंग घर फर्कदै थिए । घरबाट छोराले तोते बोलीमा बाबालाई बोलाइरहेको थियो । शुक्रबार मुस्ताङ पुगेका उनिहरू घुमेर शनिबार घर फर्कदै गरेका बेनी नगरपालिका–७ भिमसेन टोलका यूवा राजेन्द्रको […]

बिहारमा नीतिश-लालु गठवन्धनलाई दुई तिहाइ बहुमत !

२२ कात्तिक, काठमाडौं । विहार विधानसभा चुनावमा नीतिशकुमार र लालु यादवको गठवन्धनले दुई तिहाइ बहुमत ल्याउने संकेत देखिएको छ । जारी मत परिणाममा नीतिश-लालुको गठवन्धनले १६८ सिटमा अग्रता लिएको छ । यो अग्रता अन्तिमसम्म कायम रहे महागठवन्धनले दुई तिहाइ ल्याउनेछ । २४३ सदस्यीय विधानसभामा १६२ सिट ल्याए दुई तिहाइ पुग्छ । केन्द्रीय सत्तारुढ भारतीय जनता […]