शान्ति समाजको केन्द्रिय परिषद् बैठक गलेश्वरमा हँुदै

Santi Samaj
सन्तोष गौतम / विकल्प
म्याग्दी २४ कात्तिक । शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि क्रियाशिल स्वमसेवी संस्था मानव तथा शान्ति समाजको १८ केन्द्रिय परिषद् बैठक आगामी मंसिर ४ र ५ गते म्याग्दीमा हुने भएको छ ।

समाजको म्याग्दी शाखाको आतिथ्यतामा मंसिर ४ गते बेनीमा उद्घाटन गरि ५ गते गलेश्वरमा सञ्चालन हुने बैठकको तयारी तिब्र पारिएको मंगलबार बेनीमा पत्रकार भेटघाट आयोजना गरी जानकारी दिइएको छ ।

संस्थाको सर्वोच्च निती निर्णायक अंक मानिने राष्ट्रिय परिषद् बैठक सफल बनाउन शाखाका सल्लाहकार नवराज पौडेलको संयोजकत्वमा २९ सदस्यीय मुल तयारी समिति गठन गरीएको सभापति मुक्ति ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवालय, आर्थिक संकलन, खाजा तथा खाना ब्यवस्थापन, काब्य गोष्ठि, प्रचारप्रसार, सवारी साधन ब्यवस्थापन र स्वागत सत्कार आवास ब्यवस्थापन उपसमिति गठन गरि तयारीको काम भैरहेको छ ।

करिब ४० वटा शाखाका दुई सय जना भन्दा बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने बैठक सम्पन्न गर्न दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले बताउनुभयो ।

म्याग्दी जिल्लालाई शान्तिप्रिय, सहिष्णुणता र सद्भावयुक्त तथा स्वच्छ जिल्लाको रुपमा चिनाउन पनि बैठकले महत्वपूर्ण सन्देश प्र्रवाह गर्ने उपसभापति सुवेदीले बताउनुभयो । शाखा सभापति ढुंगानाको अध्यक्षता र उपसभापति ठाकुरप्रसाद शर्माले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रमको सचिव सन्तोष गौतमले सञ्चालन गर्नुभएको थियो ।