म्याग्दीमा नयाँ शक्ति

नयाँ शक्तिको निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति गठनको अभियान चलिरहेको अवस्थामा म्याग्दीमा फेसबुकबाट नयाँ शक्तिको अभियान सुरु भएको छ । जिल्लामा भट्टराई पक्षदर मानिएका नेताहरू चुपाचाप रहेको अवस्थामा फेसबुकमार्फत जिल्लामा पत्रकार, नागरिक समाज, ब्यापारी लगाएतलाई फेसबुकबाट साथीको निम्तो दिइएको छ । फेसबुकमा ३ सय ७६ साथी बनाइसकेको छ भने त्यहाँ भट्टराईको पक्षमा लेखिएका समाचारहरू सेयर गरिएको छ भने एमाओवादीको आलोचना गरिएको छ ।
 

एमाओवादी म्याग्दीका कोषाध्यक्ष शेरबहादुर केसीले जिल्लामा नयाँ शक्तीको प्रभाव नरहेको भन्दै सामाजिक सञ्जालमा सप्रेसन गरेको विचारलाई लक्षित गर्दै जिल्लामा आफ्नो हैसियतलाई मापन गर्न चुनौति समेत दिइएको छ । फेसबुक एकाउन्ट खोलिए पनि विगतमा भट्टराईको पक्षमा बहस चलाउने नेताहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन् । एमाओवादीमा भट्टराईको एजेण्डालाई स्थापित गर्नेहरु पनि सार्वजिनक रुपमा हामी कतै छैनौ भन्दै प्रतिक्रिया दिने गरेका छन् । विगतमा एमाओवादीमा बैद्य, विप्लव हुदाँ समेत न्युन संख्यामा रहेका भट्टराई पक्षधरहरूको संख्या यथावत रहेपनि बैद्य र विप्लव समुहले पार्टी छोडेपछि पनि खासै चहपहल दिने सकेका छैनन् । ‘यो हामीले एमाओवादीलाई समेत समर्थन गर्दैनौ ।

नयाँ शक्तीमा अहिल्यै नाम नराख्नुहोला’ एक नेताले बेनीअनलाइनलाई भने । द्धन्द्धकालिन अवस्था देखिनै भट्टराईको क्याम्पमा रहदै आएका उनले एमाओवादी म्याग्दीको नेतृत्वलाई शान्तिकालपछि भित्रिएका कार्यकर्ताका रुपमा ब्यख्या गरे ।‘समय आएपछि तपाईलाई हामी सबै कारण सार्वजनिक गर्नेछौ । एमाओवादीको बैठकमा प्रभाव छैन भनेर गरिएको ब्याख्या पनि अर्थहिन छ’ उनले भने । अभियानमा रहेका बाबुराम म्याग्दी आउने योजना समेत रहेकाले पनि त्यसबेला सम्म जिल्लामा एउटा संरचना बन्न सक्ने उनको भनाई छ । नयाँ शक्तीले एमाओवादीलाई लक्षित गरेर कार्यक्रम गर्ने सोच बनाएको जस्तो देखिएको छ । प्रचण्ड प्रति असहमति जनाएर बाहिरिएका भट्टराईलाई साथ दिएका देबेन्द्र पौडेलले जिल्लामा संगठन बनाउन भित्रभित्र छलफलमा जुटेको चर्चा हुन थालेको छ । नयाँ शक्तिलाई समर्थन गरेर एमाओवादी त्यागेका पौडेलले म्याग्दी, बागलुङ र पर्वतमा छलफल कार्यक्रम गराएर भट्टराईलाई ल्याउने तयारी गरेको समेत बुझिएको छ ।

 नयाँ शक्ति अभियान म्याग्दी

म्याग्दीमा नयाँ शक्तिको प्रभाव छैन भनेर ऐ माओबादीका एक जिल्ला स्तिरका नेताले भनेछन् । नयाँ शक्तिका वारेमा बोल्नु भन्दा पनि उनले म्याग्दीमा पहिला आफ्नै पार्टीको कत्तीको प्रभाव छ भनेर ठन्डा धिमागले सोचेका भए राम्रो हुन्थोयो की । Casey Sher Bahadur

  नयाँ शक्ति अभियान म्याग्दी with Sandip Khatri and 6 others

हाम्रो गम्भिर ध्यानकर्षण भएको सम्बन्धि जानकारी
हालैमात्र एकिकृत नेकपा माओबादी परित्याग गरी नयाँ शक्तिको अभियानमा लाग्नुभएका डा. बावुराम भट्टराईको अभियानमा लामबद्ध हुने प्रक्रिया देशव्यापि रुपमा चलेको छ । म्याग्दीमा पनि नयाँ शक्तिको अभियानमा विभिन्न वर्ग समुदाय र क्षेत्रका बौद्धिक व्यक्तित्वहरुले छलफल चलाइरहनु भएको छ । अहिलेको अवस्थामा देशलाई आर्थिक समृद्धिको दिशा तर्फ लैजान पुरानो र परम्पारवदी शक्तिहरुबाट संभव छैन । त्यसैले मुलुकमा नयाँ शक्तिको खाँचो अनिवार्य छ । यस अभियान अहिले देशव्यापी रुपमा अगाडी बढेको छ ।
म्याग्दीमा पनि विभिन्न व्यक्तिहरुसँग हामी छलफलमा व्यस्त छौ । हामीलाई माओबादी भित्र रहेका र वाहिर रहेकाहरुबाट सहयोग र साहनुभूति प्राप्त भएको छ । बेनीका चोकचोकमा नयाँ शक्तिका वारेमा विभिन्न छलफल भएका छन् । यसलाई हामी सकरात्मक तरिकाले लिएका छौ ।
तर हिजो मात्र वसेको एकिकृत माओबादी म्याग्दीको जिल्ला समितिको वैठको हवला दिदै जिल्लामा नयाँ शक्तिको प्रभाव छैन स्थानीय केही संचारमाध्यमहरुमा आएका समाचार गलत र झुट प्रचार भएको हामी प्रष्टपार्न चाहन्छौ । हाम्रा वारेमा जुन गलत प्रचार वाजी गरेको छ यो पुरै असत्य,कपोलकल्पित र झुटको खेति भएको संज्ञा दिन चाहन्छौ । देशभरबाट ऐ माओबादी परित्यागको लहर चलेका समयमा आफना कार्यकर्ताहरुलाई थामथुम पार्नका लागि रचिएको कुटिल चाल वाहेका अरु केहि होइन । यस्तो भ्रममा नपरी नयाँ शक्ति अभियानमा जुट्न हामी सवैमा हार्दिक अपिल गर्दछौ । benionline