बेनीमा लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्ती मनाइयो

Bimochan

सन्तोष गौतम / विकल्प
म्याग्दी २५ कात्तिक ।
म्याग्दीका साहीत्यकारहरुले बुधबार विभिन्न कार्यक्रम गरेर महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्ती मनाएका छन् ।

देवकोटाको जन्म जयन्तीको अवसर पारेर बेनीमा दुई वटा कृतीको पनि बिमोचन गरिएको छ । साहित्यकार सञ्जयकुमार श्रेष्ठद्धारा लिखित कथा संग्रह ‘सम्मान र ताली’ तथा शिव सस्मीतको गजल संग्रह ‘बहाव’को बिमोचन गरिएको हो ।

कथासंग्रह श्रेष्ठको पहिलो कृती हो भने र गजल संग्रह सस्मितको दोस्रो कृति हो । सुवासना साहित्यीक सदनले आयोजना गरेको कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकार प्रेमप्रकाश पौडेलले कृतीको बिमोचन गर्नुभएको थियो । सो अवसरमा महाकवी देवकोटाले नेपाली साहीत्यमा पु¥याउनुभएको योगदानको चर्चा गरिनुका साथै खुल्ला रचना बाचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कृति प्रकाशनले म्याग्दी जिल्लाको साहित्यिक इतिहाँसमा नयाँ इट्टा थपीएको बताउनुभयो । त्यस्तै विशिष्ट अथिति प्रध्यापक डाक्टर कर्णबहादुर बानियाँले साहित्यको अभिलेखीकरण हुनु पर्ने बताउनुभयो ।

सस्मितद्वारा लिखित गजल संग्रहको समिक्षा गर्दै रामप्रसाद सुवेदीले गजल संग्रहमा सबै राष्ट्रभाव, व्यङ्ग्यात्मक, प्रकृति प्रेम लगायतका विषय वस्तु समेटीएको जानकारी गराउनुभयो । कृतिकारद्वय श्रेष्ठ र सस्मितले सङग्रह मार्फत समाजमा भएका विकृतिलाई उजागर गर्ने प्रयास गरिएको बताउनुभयो ।12227623_892974497424779_2588972969280843487_n

अग्रज साहित्यकार अजयमिलन श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । सदनका अध्यक्ष सुशिल थकालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्दीप खत्री र बादल शाहिले स्वागत गर्नुभएको थियो । विभिन्न साहित्यकार तथा साहित्यप्रेमीको उपस्थित रहेको कार्यक्रममा आधा दर्जन साहित्यकारले रचना बाचन समेत गरेका थिए ।

वि.स १९६६ को लक्ष्मीपुजाका दिन जन्मनुभएका देवकोटाको २०१६ को लक्ष्मीपुजाकै दिन निधन भएको थियो । नेपाली साहित्यको बिभिन्न बिधामा कलम चलाएका बहुमुखी प्रतिभाका धनी देवकोटाले कविता र निबन्ध बिधामा बिषेश योगदान गर्नुभएको साहित्यकारहरुको भनाई छ । उहाँले लेखेको मुनामदन, सुलोचना, शाकुन्तल जस्ता कृतीहरु बढी प्रख्यात रहेका छन् ।