अठार वर्ष पछि फर्कियो खुसी

IMG_1944
हरिकृष्ण गौतम /नवविकल्प
एउटा पुरानो भनाई नै छ । परिवारमा पुरुष शिक्षित भए आफुँमात्रै र आमा शिक्षित भए त्यस परिवार नै शिक्षित रहने र परिवार चलाउन सक्छ । त्यस्तै भएको छ म्याग्दीको बेनी नगरपालिका–४ ज्यामरुककोट दारिमपाँटामा ।१८ बर्ष अगाडी घरबाटै हराएको छोरालाई खोज्न सफल भएकी छिन् लक्ष्मी खत्री । १५ बर्षको उमेरमा बेपत्ता भएको छोराको खोजीमा करिव दुईदशक विताएकी लक्ष्मी अन्तत छोरासंगै हराएको खुसी फिर्ता गरिन् ।
छोरा हराएपछि भारतमा विभिन्न राज्यमा रहेका गाउँले, आसपासका गाविसका चिनेजानेका मान्छेलाई खोजी गर्न छोरोको बाल्यकालको तस्विर देखाउने गरेकी उनले पहिलोपटक घरमा छोरा आएपछि सामुहिक तस्विर खिच्दै बररर आँसु निकालिन् । ‘मेरो प्रयास सफल भएको छ । घरमा बर्षौपछि खुसी फर्किएको छ’ उनले भनिन् । छोराको खोजीमा उनले म्याग्दीको शिख गाविसको खोप्रामा रहेको खयरबराह मन्दिर देखी विम गाविसमा रहेको मालिका मन्दिरसम्म भाकल गरी साम्रागी पठाईन् । मारनीथान मन्दिरमा धेरै रोट र परिया उडाउँदै छोराको स्वास्थ्य लाभ सहित घर फिर्तीको कामना गरिन ।
‘मेरो भावनालाई भगवानले पनि बुझ्नुभयो, छोरा जसरी पनि घर फर्कन सफल भयो’ उनले भनिन् । छोराको खोजीमै रहेको अवस्थामा दुईबर्ष अगाडी श्रीमानलाई गुमाएकी लक्ष्मीले हिक्मत हारिन् । ‘घरमा श्रीमानको निधनले शोकमा रहेको अवस्थामा पनि निरन्तर खोजीकार्य गरे । सपनामा पनि छोराको राम्रो भएको देख्न थालेपछि आशा लाग्यो’ उनले भनिन् । छोरा बेपत्ता भएपछि एकछाक राम्रोसंग खाना नखाएकी लक्ष्मीले छोरा बुहारी र नातीसंगै घर फर्किएपछि त्यो खवर छिमेकी देखी आफन्तकोमा पु¥याउनै ब्यस्तछिन् । कात्तिक ३ छोरालाई भेटेपछि पेटभरी खाना खाएको बताईन् । स्वर्गिय श्रीमानले समेत अन्तिम समयसम्म छोरालाई देख्ने इच्छा गरेपनि पुरा नभएकोमा दुख लागेपनि छोरा फर्किएपछि आत्मविश्वास बढेको उनको भनाई छ । IMG_1937
‘खाना खाँदा छोराको याद आउँथ्यो, उसकै यादमा बर्षौवित्यो’ लक्ष्मीले भनिन् । छोरा घर नफर्किएपछि काजक्रिया गर्न अनुरोध गरेपनि उनले त्यसलाई अस्वीकार गर्दै छोराको प्रतिक्षामा बसेको बताईन् । चिनामा छोरा जीवितै रहेको एकदिन घर फर्कने भन्दै ज्योतिषले बताएपछि आत्मबल बढेको उनको भनाई छ ।‘मैले धेरै मन्दिरमा छोरालाई मागे, हरेक दिन भगवानको पुजा गरे’ उनले आँखाभरी आँसु निकाल्दै भनिन् । आर्थिक अवस्था कमजोर रहेको खत्री परिवारले कृषिपेशाबाटै जिविकोर्पाजन गर्ने गरेको छ । छोरा घर फर्किएपछि उनले दिपावली गरेर स्वागत गरिन् ।