‘छोराको जन्मदिन मनाउने राजेन्द्रको धोको अधुरै’

11221724_10203413911748301_7160413235589728028_n-1शनिबार छोरा सङराज केसीको जन्मदिन थियो । घरमा जन्मदिन मनाउने भब्य तयारी भइरहेको थियो ।पहिलोबर्षमा प्रवेश गरेका सङराजको जन्मदिनमा सहभागि हुन मुस्ताङ पुगेका राजेन्द्र केसी समेत आफ्नो दाईभाउजुसंग घर फर्कदै थिए । घरबाट छोराले तोते बोलीमा बाबालाई बोलाइरहेको थियो ।

शुक्रबार मुस्ताङ पुगेका उनिहरू घुमेर शनिबार घर फर्कदै गरेका बेनी नगरपालिका–७ भिमसेन टोलका यूवा राजेन्द्रको धोको अधुरै भएको छ । शनिबार मुस्ताङको लेत गाविसस्थित बेनी–जोमसोम सडकमा बोलेरो जीप दुर्घटना भएपछि राजेन्द्रको सबै खुसी दैवले चुडिँदिएको छ । छोराको जन्मदिन मनाउने घर फर्कने क्रममा ग १ च ९३६९ नम्बरको बोलेरो सडकबाट १ सय मिटर तल खसेको थियो । ‘जन्मदिन मनाउँदै गर्नुहोस्, म आउँछु भन्थ्यो’ परिवारिक स्रोतले भन्यो । घटनालगत्तै राजकुमारले घरमा फोन गरेपछि बुबा र भान्जाहरू वास्तविक बुझ्न बाहिर निस्किएका थिए ।

स्पेनमा रहेका दाजुभाउजुसंगै मुस्ताङ घुम्न गएका थिए । दुर्घटना हुनुपुर्वक बाटोबाट घरमा समेत पटकपटक टेलिफोन सम्पर्क भएको थियो । दुर्घटनास्थलभन्दा करिव २ मिनेट अगाडी ब्रेकले काम नगरेपछि मर्मत गरिएको थियो । मर्मत गरेको दुईमिनेट नवित्तै दुर्घटना भएको मुस्ताङ प्रहरीले जनाएको छ । ‘सबैलाई फर्कने हतार नै थियो जस्तो देखिन्छ ।

चालकले आफै मर्मतका रहेछन्’ मुस्ताङका ट्राफिक जवान कमल बहादुर खत्रीले बेनीअनलाइनसंग भने । प्रहरीको भनाई अनुसार पनि राजेन्द्रको परिवारको लक्ष्य घरमा छोराको जन्मदिन मनाउने रहेको थियो । दुर्घटनामा सवारीचालक बेनी नगरपालिका–९ का हरी चोखाल, बेनपा–६ का २८ बर्षिय मन्दिप शाक्य, उनकी श्रीमति २५ बर्षिया दिपा शाक्य,६ बर्षिय छोरा एनिस शाक्य, बेनपा–७ का ३० बर्षिय राजकुमार केसी, उनकी श्रीमति २८ बर्षिय भवानी केसी र २ बर्षकी निकुल केसी घाईते भएका थिए । घाईतेको पोखरास्थित मनीपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुई बालबालिका समान्य उपचारपछि घर फर्किएका छन् ।  benionlin.com.np